
विराटनगर, चैत १२ गते । आगामी वर्ष देखि गुणस्तरीय निर्माण कायम गरी पूँजीगत खर्च बढाई प्रत्येक चौमासिकमा खर्च निर्धारण गरी अगाडि वढ्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वताउनु भएकाेछ ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट खर्चको वृद्धि गरी आर्थिक चलायमान गराउने वताउदै विगत वर्षहरूमा राज्य संरचनाका अन्य क्षेत्रको तुलनामा प्रदेश संरचनाले वित्तीय प्रगति उल्लेख्य हासिल गरेको दावी गर्दै यसपालि पनि प्रदेश संरचनाले वित्तीय प्रगति हासिल गर्ने बताउनु भयाे ।विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण सम्बन्धी प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले साे कुरा वताउनु भएकाे हाे ।
हरेक जनताको आकांक्षासँग जोडिएको घर निर्माण जस्तो प्रदर्शनी लगाएर संगठनले उत्कृष्ट कार्य गरेको बताउनु भयाे । संगठनले जनतालाई भूकम्प प्रतिरोधात्मक, आगलागीबाट कम क्षति हुने, हावाहुरी र चट्याङ्कवाट सुरक्षित घरमा निर्माणका लागि जनचेतना वृद्धि गर्ने कार्य गर्नुपर्ने सुझाव दिनु भएकाे थियो ।

मुख्यमन्त्री कार्कीले संगठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलव्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधासम्पन्न प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दै विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकोले यसवाट जनता एवं निर्माण तथा सेवा व्यवसायीले लाभ लिने विचार राख्नु भएकाे थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा, उद्योग व्यापार संघ मोरङका अध्यक्ष अनुपम राठी प्रदर्शनी निर्माण उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
नेपाली निर्माण सामाग्री तथा सेवाहरुको प्रवर्धन,स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापन मार्फत देशको निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।
उक्त प्रदर्शनीमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण जानकारी, प्राविधिक जनशक्ति, सामाग्रीहरु एकै स्थानबाट जानकारी प्राप्त हुने संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताउनु भयो ।
काेशी प्रदेशमा प्रदर्शनी पहिलो पटक आयोजना गरिएको हो भने प्रदर्शनी स्थलमा विभिन्न घर निर्माण सामाग्रीहरुका ७५ बटा स्टलहरु रहेका छन् ।
प्रर्दशनीमा डिजाईन तथा प्लानिङ अन्तरगत वास्तुकला, संरचनात्मक इञ्जिनियरिङ तथा वास्तु परामर्श सेवा, निर्माण सामाग्री अन्तरगत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ र इन्सुलेसन स्यानिटरी तथा प्लम्बिङ अन्र्तगत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली तथा विद्युत तथा उर्जा अन्तरगत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ तथा सेफ्टी सुरक्षा जस्ता उत्पादन र सेवाहरु रहने अध्यक्ष राठीले जानकारी दिनुभयो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]