रौतहट, चैत १६ गते । मधेश प्रदेशको रौतहट जिल्लाको गौर नगरपालिकामा एक सुविधासम्पन्न जिम क्लबको स्थापना हुनुपर्नेमा रौतहटको युवा नेता साजन जयसवालल जोड दिएका छन् ।
सोमबार सन्चारकर्मीसंग कुरा गर्दै नेता जयसवालले गौरका युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि अत्याधुनिक उपकरणसहितको जिम सेन्टर अपरिहार्य रहेको बताएका हुन् ।
युवाहरू फुर्सदको समयमा कुलत वा गलत संगतमा लाग्नुको साटो खेलकुद र व्यायाममा आकर्षित हुने, बढ्दो आधुनिक जीवनशैलीका कारण निम्तिने स्वास्थ्य समस्याहरू कम गर्न नियमित व्यायामले मद्दत पुग्ने, शारीरिक व्यायामले मानिसमा धैर्यता र अनुशासन विकास गर्ने हुँदा नगरको विकासमा स्वस्थ र सचेत युवा जनशक्ति तयार हुने नेता जयसवालले बिश्वास व्यक्त गरेका छन् ।
“नगरपालिकाले भौतिक पूर्वाधारसँगै युवाहरूको वृत्ति विकास र स्वास्थ्यमा पनि लगानी गर्नुपर्छ, “जयसवालले भने, “गौरका प्रतिभाशाली युवाहरूलाई आफ्नै ठाउँमा फिटनेस सुविधा उपलब्ध गराउनु स्थानीय सरकारको पनि दायित्व हो ।“ उनले यो मागलाई स्थानीय तहसम्म पु¥याउने र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]