
विराटनगर, चैत १६ गते । कोशी प्रदेशको राजधानी विराटनगरमा भएको ४ दिने घर निर्माण प्रदर्शनी सफलभएको उद्योग संगठन मोरंगका अध्यक्ष नन्दकिशोर राठीले वताउनु भएको छ ।
घर निर्माण प्रदर्शनी समापन कार्यक्रममा बोल्दै अध्यक्ष राठीले सो कुरा वताएको हो । घर निर्माण प्रदर्शनीलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रदर्शनी अवलोकन कर्ता, स्टल राख्ने उद्योगी लगायत संगठनका पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई अध्यक्ष राठीले धन्यवाद दिएका थिए ।
चैत्र १२ देखि १६ गतेसम्म काठमाडौँ बाहिर पहिलो पटक भएको घर निर्माण प्रदर्शनीको समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले देशमा चलिरहेको आर्थिक मन्दीका वावजुत स्वदेशी उद्योगको उत्पादनलाई प्रवद्धन गरी बजारलाई केही हद सम्म चलायमान बनाउने काम गरेकोमा उद्योग संगठन मोरंगको प्रशंसा गरेका थिए ।
उक्त प्रदर्शनीमा राखिएका स्टलहरु मध्ये ५ बटा उत्कृष्ट स्टलका संचालकहरुलाई अर्वाड प्रदान गरेका थिए । सम्भावना युक्त नयाँ व्यवसायी स्टार्टअप तर्फ हनुमन्ता रग्र्स प्रा.लि., उत्कृष्ट स्टल डिजाइन तथा सजावट तर्फ मार्वल टेक्नोप्लास्ट प्रा.लि., नविन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुति तर्फ विन्डोर सलुसन, दर्शकसँग उत्कृष्ट अन्तक्र्रिया र संलग्नता तर्फ सी.पी. मार्वल्स र दिगो अभ्यास तथा स्थानीय मूल्य योगदान तर्फ बेम्बो आर्किड चेक्चरल सलुसनलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।
सामाजिक सञ्जाल सहित विभिन्न माध्यमबाट गरेको भोटिङ, प्रत्यक्ष भेटघाट, स्टल अनुगमन लगायतको आधारमा ५ वटा स्टललाई उत्कृष्ट घोषण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत लगायतका उद्योगीहरुले आफ्नो मन्तव्य राखेका थिए ।
प्रर्दशनीमा सिमेन्ट, इँटा, स्टिल, वाटरप्रुफिङ, इन्सुलेसन, पाइप, फिटिङ, स्यानिटरी सामग्री, विद्युतीय उपकरण, सौर्य ऊर्जा प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्डप्रुफिङ र सुरक्षा प्रणाली लगायतका सामग्री प्रमुख आकर्षण रहेको थियो ।
त्यसैगरी, मोड्युलर किचन, वार्डरोब, ढोका–झ्याल, हार्डवेयर, पेन्ट, फ्लोरिङ, फर्निसिङ तथा इन्टेरियर डिजाइनसम्बन्धी सेवाहरू पनि प्रदर्शनीमा राखिएको थियो । ७५ वटा स्टल रहेको प्रदर्शनीमा ५ हजार भन्दा बढी सेवाग्रहीहरुले अवलोकन गरेको अध्यक्ष राठीले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]