
विराटनगर, चैत १७ गते । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विराटनगरको आयोजना र नेपाल पत्रकार महासंघ कोशी प्रदेशको समन्वयमा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु भएको छ ।
अभिमुखिकरणको कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय मानबहादुर लिम्बुले विरुवामा पानीहालेर समुद्घाटन गरेका थिए । अभिमुखिकरणलाई सम्बोधन गर्दै स्वस्थ्य नागरिक नै समृद्धिको आधार भएकोले स्वस्थ्य सम्बन्धि नितीनियम, स्वास्थ्य सम्बन्धी जानकारी, स्वास्थ्य प्रति आफ्नो जिम्मेवारी सम्बन्धि विषय बस्तु जनस्तर सम्म पुगोस भन्ने उदेश्यले १४ वटै जिल्लाका पत्रकारहरुलाई ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ सम्बन्धि अभिमुखिकरण गरी स्वास्थ्य प्रति जिम्मेवार बनाएका वताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले औषधी हुदैमा, डाक्टर हुदैमा मानिस स्वस्थ्य हुँदैन स्वस्थ रहन आफै जिम्मेवार हुनु पर्ने वताउँदै कोशी प्रदेशका १७९ विद्यालयमा विद्यालय नर्स, स्वास्थ्य कार्यालय जिल्ला अस्पताल, प्रदेश अस्पताल मार्फत स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन भई रहेको वताए ।
स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले नसर्ने रोग बढ्दो भार, जोखिम राज्यका नीति एवं नागरिकको जिम्मेवारी बारे सहजीकरण गर्दै समाजमा मानसिक रोगी १० प्रतिशत रहेको त्यसलाई १०० प्रतिशत मानि ति मध्ये ७० प्रतिशत उपचारमा आउने गरको वताउँदै विमाको औषधी विरामीहरुले लिने र घरमा थन्क्याउने गरेकोले विमाको नितिनीयममा सुधार गुर्नपर्ने वताए ।
स्वास्थ्य पत्रकार मंचका अध्यक्ष तथा सहजकर्ता भिष काफ्लेले स्वास्थ्य सम्बन्धि ऐन, नियम, सञ्चार माध्यममा स्वास्थ्यका सवाल, दायित्व, जिम्मेवारी र चुनौती बारेमा जानकारी गराउँदै आधारभूत स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, विशिष्ट सेवा र आम नागरिकले निशुल्क पाउने औषधीहरुको वारेका जानकारी गराएका थिए ।
त्यसैगरी सहजकर्ता डा. केनिन राइले स्वस्थ्य जीवन शैलि नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्य जीवन प्रवद्र्धनका आधरमा बारेमा जानकारी गराउँदै नसर्ने रोगका कारक तत्व आहार विहार, वंशानु र वातावरणीय प्रदुशन भएकोले यसवाट बच्न खानपिनमा सुधार, शाररीक व्यायम र ध्यान गर्न आवश्यक रहेको वताए । डा. केशु काफ्लेले मन्त्रालयका गतिविधी वारे जानकारी गराएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]