
विराटनगर, चैत २२ गते । कल्याणकारी केन्द्रीय कार्य समिति मोरङले भोला पासवानसहित पाँच जनालाई सम्मान गरेको छ ।
सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिका-८ मा दलित सरोकार मञ्च नेपालको सभाहलमा नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय कार्य समितिको तेस्रो बैठकले शनिवार उनीहरुलाई सम्मान गरेको थियोे ।
बाँतर सरदार समुदायका कुल देवता गेड बाबा मन्दिर एवं सामुदायिक भवन निर्माणका लागि जग्गा दान गर्ने कञ्चनरुप नगरपालिका-१२ का सनुप सरदार, चनर सरदार, हरि सरदार र कञ्चनरुप-९ का अनुप सरदार सहित समाजसेवी पासवानलाई सम्मान गरेको समितिका केन्द्रीय सभापति मखनलाल सरदारले जानकारी दिनुभयो।
जग्गा दाताहरुले जनही १०/१० धुर जग्गा बाँतर जातीको संस्थाको नाममा दुई कट्ठा जग्गा रजिष्ट्रशन पास गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी, २०८१ बैशाख ९ गते आईतवार दिउँसो भएको आगलागीले बाँतर समुदायका घर जलेर नष्ट भएको थियो । बाँतर वस्तीमा राहातका सामग्री लिएर सयौं मनकारीहरु दिनुहुँ जसो पुग्ने गरेको भएपनि घर निर्माण तर्फ कसैको ध्यान केन्द्रीत नभएको जनगुनासो आएपछि मनकारी सहयोगी समाजसेवी पासवानले कञ्चनरुप-५ पडेमाराका १६ घर तथा वडा नं.६ का एक घरमा आगलागीबाट भएको क्षतिपछि पीडित सरदार परिवारका लागि घर तथा एक सामुदायिक भवन निर्माणमा सहयोग पुर्याएको भन्दै उहाँलाई बाँतर समाजले सम्मान गरिएको समितिले जनाएको छ ।
सम्मानित सवैजनालाई समितिका सभापति सरदार सहित सह-अध्यक्ष सुभाष सरदार, वरिष्ठ उपाध्यक्ष चन्देश्वर सरदार, उपाध्यक्ष दिलिप सरदार, महासचिव पदमकुमार सरदार, सचिव सोनेलाल सरदारलगायत केन्द्रीय समितिका केन्द्रीय सदस्यहरुले दोसला र सम्मान पत्रले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]