
विराटनगर, चैत २३ गत । झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारी स्थितबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित २ जनालाई पक्राउ गरिएको छ ।
चैत २२ गते दिउँसो लागु औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–४ स्थितमा संकास्पद अवस्थामा रहेका भद्रपुर–४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिएको थियो ।
चेकजाँचको क्रममा उनिहरुको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपाली रुपैया ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र अस्ट्रेलियन डलर ५ बरामद भएको थियो ।
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले कन्काई नगरपालिका–९ का देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]