
विराटनगर, चैत २५ गते । बिराट गोल्ड कप फुटवल ट्रष्टले ३८ औं बिराट गोल्ड कप फुटवल प्रतियोगिता “फुटवलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप” भन्ने मूल नाराका साथ चैत्र २८ गते सुरू हुने भएकाे छ ।
ट्रष्टकाे अध्यक्ष किशोर बहादुरझ शाहीले सहिद रंगशालामा पत्रकार सम्मेलन गरि बिराट गोल्ड कप फुटवल प्रतियोगिता चैत २८ देखि २०८३ साल बैशाख ५ गते सम्पन्न हुने जानकारी गराउनु भएकाे हाे ।
विगतका वर्षहरुमा हुँदैन आएको विराट गोल्डकप फुटवल प्रतियोगिता यस वर्ष विराट गोल्डकप फुटवल ट्रष्ट समिति आफैले तयारीका कार्यहरु गरि रहेकाे वताउनुभयाे
प्रतियोगिताको शिर्षक प्रायोजकमा नोवेल मेडिकल कलेज, प्रायोजकमा एग्रो फुड प्रा.लि. स्ट्रिम, कावरा ग्रुप, उप प्रायोजकमा गोखा ब्रुवरी र एसिया बाई फुड प्रा.लि. जय श्री फुटवयर इण्डष्ट्रिज प्रा.लि. लगायतका व्यानर प्रायोजक हरुको लगभग टुगो लागिसकेको अध्यक्ष शाहीले वताउनुभयाे ।
प्रतियोगिता संचालनका शहिद रंगशालाको मैदान मर्मत र सरसफाइ भई सकेकोछ । प्रतियोगितामा भाग लिने ८ वटा फुटवल टिम छनौट भइसकेको छ । जस्मा भारतवाट १ वटा टिम र नेपालवाट विभागिय टिमहरु सहित ८ टिमहरू रहेकाछन ।
ती टीमहरूमा काठमाडौका नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी फुटल क्लव, मच्छिन्द्र फुटवल क्लव, नेपाल ए पि एफ फुटवल क्लव, चर्ज व्याइज फुटवल क्लव, सम्राट स्पोटिङ क्लव, विराटनगर, मोरङ, झापा ११ फुटवल क्लव, झापा र अल झारखण्ड विर्षा मुण्डा फुटवल एकेडेमी, झारखण्ड, भारत रहेकाेछ ।”विराट गोल्डकप फुटबल प्रतियोगिताकाे लागि कूल अनुमानित खर्च १ करोड ५ लाख लाग्ने भएकाे छ ।
प्रतियोगिताको विजेतालाई नगद ११ लाख, उपविजेतालाई नगद ५ लाख, उत्कृष्ट पशिक्षकलाई नगद १५ हजार, उत्कष्ट गोलरक्षकलाई नगद १५ हजार, सर्वाधिक गोलकतालाई नगद १५ हजार, सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । दैनिक हुने खेलमा उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार प्रदान गर्ने भएकाेछ ।
फुटबल प्रतियोगिता हेर्न सेमिफाइनलकाे २ सय, फाइनलकाे ३ सय र अन्य दिन १ सय रूपियाँ तिर्नु पर्नेछ ।
प्रतियोगितालाई भव्य र सभ्य वनाउन सम्पूर्ण विराटनगर बासी फुटवल प्रेमीहरु, सरकारी निकायहरु, स्थानीय निकायहरहरूलाई आयाेजकले आग्रह गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]