
विराटनगर, बैशाख ४ गते । ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र कञ्चनबारीक विराटनगर-३ को २५ वर्ष पुराघभएकाे उपलक्ष्यमा रजत जयन्ती महोत्सवको मनाउने भएकाे छ ।
रजत जयन्ती महोत्सव (२५ औं वार्षिकोत्सव) पाँच दिवसीय कार्यक्रम बैशाख ४ देखि १२ गते सम्म हुने पत्रकार सम्मेलन गरि गिता दिदीले जानकारी गराउनु भयाे ।
रजत महाेत्सवकाे पहिलो दिनवैशाख ४ गते पत्रकार सम्मेलनबाट सुरू भएकाेछ । वैशाख ६ गते निशुल्क आँखा शिविर एवं रक्तदान कार्यक्रम, वैशान ७ गते शिक्षक तथा शिक्षाविदहरुको स्नेह मिलन एवं सम्मान कार्यक्रम, वैशाख ८ गते संघ संस्था तथा समाज सेवीहरुको स्नेह मिलन एवं सम्मान हुने भएकाेछ । वैशाख १२ गते रजत जयन्ती महोत्सवको समुद्धघाटनको साथै संस्कृतिक कार्यक्रम हुने भएकाे छ।

सेवा केन्द्रले समाजमा आध्यात्मिक तवरबाट गरेका सेवाहरुको चर्चाको साथै समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने नैतिक मूल्य र सकारात्मक सोचको प्रवर्द्धन गर्नुका साथै समाजमा निःस्वार्थ सेवा गर्ने समाजसेवीहरुको सम्मान गरी आगामि दिनहरुका लागि उत्प्रेरणा जगाइने छ ।
स्नेह मिलन कार्यक्रमा अन्तर्राष्ट्रि उत्प्रेरक प्रवक्ता वरिष्ट राजयोगी प्रशिक्षक ब्रह्माकुमार विजय राज सिगदेलको प्रेरणादायी प्रवचन हुनेछ ।
रजत जयन्ती महोत्सवमा मानिसको वृहद सहभागिता गराई मनाउने र सेवाकेन्द्रको निर्माण सम्पन भवनको पनि समुद्घाटन गरिने भएकाेछ ।
रजत जयन्ती महोत्सव कार्यक्रममा प्रमुख अतिथिः प्रथम महिला जगतगुरु महामण्डलेश्वर शंकराचार्य हेमानन्द महाराजीले कार्यक्रमा सम्बोधन गर्नु हुनेछ साथै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक परम् आदरणीय राजयोगिनी डा. राज दादीमाँद्वारा आशीषवचन प्राप्त गरिने छ ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, शिक्षाविद, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी, ब्रह्माकुमारी परिवारका सदस्यहरू तथा महानगरका सम्पुर्ण महानुभावहरुलाई सहभागिता जनाई आध्यात्मिक लाभ लिन आयाेजकले आग्रह गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]