
विराटनगर, बैशाख ६ गते । कोशी प्रदेशको तेह्थुम जिल्लामा पर्ने पूर्वी नेपालको तिनजुरे, मिल्के, जलजले क्षेत्र अन्तर्गत पनैृ तीनजुरे पाथीभारामाताका दरवार पुग्दा समम गुराँस फूलेर राताम्यै बनेको आकर्षक दृष्यले पर्यटक वढ्दै गएको छ । डाँडाकाडामा फुलेको फूलेले पर्यटकहरुको आकर्षणको विन्दु बनेको छ ।
बसन्त ऋतुको आगमणसंगै तेह्थुम, संखवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको क्षेत्रमा माता पाथीभाराको दर्शनसंगै मनमोहक प्राकृतिक दृश्य र आकर्षक देखिने गरेको छ । रातो, गुलाबी, सेतो तथा अन्य रङका गुराँसले ढाकिएका वनपाखाले टीएमजे क्षेत्रमा पर्ने तीनजुरे पाथीभरा राताम्यै बनेका छन्, जसले गर्दा पर्यटकको आर्कण वढाएको छ ।

पाथिभारामा माताको दर्शनसंग लालाी गुराँको मनोरम दृष्य हेर्नकै लागि विराट योग सेवा केन्द्र राधाकृष्ण मन्दिर विराटनगर–१० का योग गुरु देवाननद वशिष्टले भने सुनेभन्दा वढी नै यहाँको मनमोहक दृष्य रहेको र लाली गुराँस नगरपालिका वडा नं. १ मा पर्ने पाथीभारा माताको दर्शनले अझ मन हर्षित भएको वताए ।
वहाँले भने पर्यटक दृष्टीले यति नै रमणीय दृष्य भएकोले यस क्षेत्रलाई पर्यटक क्षेत्र वनाएर आन्तरिक तथा वाह्य पर्यटक भित्रियाउ सकिन्छ त्यसको लागि संघिय, प्रदेश र स्थानीय सरकार मिलेर बाटोघाटो बनाउनु पर्ने, पर्यटकको भ्रमण अवधि वढाउन बासको व्यवस्था हुनु पर्ने वताए ।

गुराँस फुल्न सुरु भएसँगै वनजंगल रङ्गिन बन्दै गएको र पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ । हरेक वर्ष गुराँस फुल्ने सिजनमा दृश्य अवलोकन गर्न विभिन्न जिल्लाहरुवाट पर्यटक आउनुका साथै छिमेकी देश भारतको विहार, सिक्किम, दार्जिलिङ तथा वेस्ट बंगाल लगायतका स्थानबाट समेत पर्यटकहरू आउने गरेका छन् ।
गुराँसले पूरै पहाड राताम्य बनाएको दृष्यले प्रकृतिसँग जोडिएका प्रकृतिप्रेमी, पदयात्री तथा फोटोग्राफरहरुको समेत भिड लाग्ने गरेको छ । यातायात साधनवाट गएका पर्यटकहरुले चैते सामुदायिक वन उपभोक्त समूहले बनाएको पिकनिक गर्न स्थानमा सवारी साधन पार्क गरी २ घण्टाको हिडाई पछि पाथिभारा माथाको दर्शन गर्न सकिन्छि । केही सवारी साधनहरु पाथिभारामाताको सिढिसम्म समेत पुगिनछ । तर सवारी साधन भन्दा हिडेर जाँदा अझ मनमोहक दृष्य हर्न पाउनुको साथै मनमोहक दृष्यलाई कैद गर्न सकिने तीन जुरे घुम्न आएका पर्यटक विराट योग सेवा केन्द्र राधाकृष्ण मन्दिर विराटनगर–१० का प्रशिक्षत्र गंगा प्रसाद दाहाले वताए ।

गुराँसको सुगन्ध, हरियाली वनजंगल र शीतल हावापानीले यहाँ आउने जो–कोहीलाई पनि सजिलै मोहित बनाउने गर्दछ । यही कारणले गर्दा वसन्त ऋतुमा पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विश्वमा पाइने ३२ गुराँस प्रजातिमध्ये यहाँ २८ प्रजाति पाइने विभिन्न अध्ययनहरूले जनाएको छ । बढ्दो पर्यटक आगमनसँगै स्थानीय पर्यटन व्यवसायमा समेत उल्लेख्य सुधार देखिएको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक मौलिकताले भरिपूर्ण तिनजुर क्षेत्रलाई व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकाससँग जोड्न सके अझ ठूलो पर्यटकीय सम्भावना बोकेको गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।

कोशी प्रदेशको राजधानी विराटनगरबाट विराट योग सेवा केन्द्र राधाकृष्ण मन्दिर विराटनगर–१० बाट नयाँ वर्ष २०८३ को उपलक्ष्यमा १ दिने भ्रमणको लागि गएको ३० जना समूहका फोटोहरु राखिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]