
विराटनगर, बैशाख १२ गते । “भाषा–संस्कृति हमर राष्ट्रके गौरव आर पहिचान हय“ नाराका साथ भाषा–संस्कृति प्रतिष्ठानको आयोजनामा मगही भाषा, कला, साहित्य र संस्कृति सम्बन्धि अध्ययन अनुसन्धान कार्यक्रम सम्पन्न भएको छ ।
भाषा संस्कृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश महतोको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. १४ को अध्यक्ष सुर्य नारायण महतोले पिछडा वर्ग लगायतका जातजातीहरुले बोलिने मातृ भाषा मगहीलाई संरक्षण र सम्वद्र्धन गर्न सवै एकजुट भएर अगाडी बढ्नु पर्ने वताउनु भयो ।

विशिष्ठ अतिथी महेन्द्र मोरंग आदर्श वहुमुखि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. बाबुराम तिम्सिनाले मगही लगायत नेपालमा वोलिने सबै मातृ भाषाको संरक्षण र सम्वद्र्धमा सरकारले ध्यान दिनुपर्ने वताउनु भयो ।
उक्त कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ८, १०, १३, १४, १८ का महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । कागर्यक्रममा मगही भाषा सम्वन्धि विभिन्न चाडपर्वहरु, पूजापाठहरुको वारेमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम रजनीकान्त कामतले संचालन गरेका थिए । कार्यक्रम भाषा संस्कृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]