विराटनगर, जेठ २ गते । तराई मधेशका विवाहित महिलाहरुले पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिको कामना गदै बरसाइत (बट सावित्री) पर्व मनाई रहेकी छिन् ।
खासगरी रातो रंगको नयाँ पहिरनमा सोह्र श्रृंगार गरेर महिलाले सौभाग्य–समृद्धिका लागि वरको रूखमा दूध र जल चढाई श्रद्धापूर्वक बरसाइत (बटसाबित्री) पर्व मनाउने गरिन्छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुने तथा सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुुसार पतिको दीर्घायुका लागि व्रत गर्ने गरेको महिलाहरुले वताउँछिन ।
विहानै देखि तराई मधेशको शहर देखि ग्रामिण बस्तीमा रहेको बरको रुखमुनि वरको रुखमुनि विवाहित महिलाहरु पुजा गर्न लाम लागेको लागि रहेका छन् । नवविवाहिता महिलाले पहिलो वरसाइत (विहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनुपर्छ । अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात् लाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।


सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने पर्व अहिले सबै मगही, भोजपुरी, अवधी र मैथली समुदायका साथै तराईमा बसोबास गर्ने माडवारी लगायतका सवै समुदायको महिलाहरुले बरसाईत पर्व मनाउन थालेका छन् ।
बिहानै नुहाई धवाई गरी रातो पहिरनमा नजिकको वर (बट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन् । प्रसाद चढाइसकेपछि ब्रतालुले वरको रुखमा सात फेरो पहेलो र रातो धागोले बेर्छन् ।
वरको रूखको पूजासँगै जेष्ठ महिलाले रुखमुनि गौरी, भगवती र विसहराको कथा भन्ने र अरुहरुले सुन्ने गर्छन् । पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने गर्छन् । ब्रतालु महिलाले बट सावित्री व्रतका दिन सिन्दूर, फल, फूल, अक्षता, बाँसको पंखा, चना र मिठाईले सावित्री, सत्यवान, नाग र यमराजको पूजा गर्छन् । नयाँ फल आँप, लिच्ची, केरा, भिजाएको चना आदी चढाएर पूजा गरी बाँसको पंखाले हम्कनाले शितलता प्राप्त विश्वास रहि आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]