

विराटनगर, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा विराटनगर महानगरपालिका वडा नं. ८ प्रगति विनायक टाेलमा रहेकाे विघ्न विनाशक गणेश मन्दिरको वरिपरि मन्दिर व्यवस्थापन समिति र टाेलवासीहरूले सरसफाइ गरेका छन् ।
गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार थापाकाे अगुवाइमा मन्दिरकाे वरिपरि सरसफाइ गरेकाे हाे ।

गणतन्त्र दिवसको अवसरमा भएकाे सरसफाइमा विराटनगर-८ का वडा सदस्य भुवन राजवंशी, पवित्रा विक, मन्दिर व्यवस्थापन समितिका सचिव अन्जनी पाेखरेल, उप सचिव विरेन्द्र थापा, काेषाध्यक्ष लक्ष्मी पाेखरेल, सदस्य कृष्ण भट्टराई, श्यामसुन्दर सुतिहार, सुरेश चाैधरी, राम प्रसाद गुप्ता, कुमार बस्नेत, राम चन्द्र अधिकारी, ईश्वरी कार्की, भरत निराैला र समाज सेवी गाेपाल ढकाल, मन्दिरकाे गुरू प्रकाश निराैला लगायत टाेलवासीहरूकाे उपस्थित रहेकाे थियो ।
मन्दिर लगायत आ-आफ्नो घर वरिपरि सरसफाइ राख्न सहभागीहरूले आह्वान गर्दै “सरसफाइ सभ्य मानिसको पहिचान पनि हाे” । सरसफाइ गर्नु हाम्रो कर्तव्य पनि हाे वहाँहरूकाे भनाइ थियोे ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]