विराटनगर, जेठ १६ गते । विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भाेली जेठ १७ गते किताब मेला २०८३ लाग्ने भएकाे छ ।
हिमालयन रोड किताब मेलाको मुख्य उद्देश्य पठन संस्कृतिलाई प्रर्वधन गर्नु, पुस्तक पसल हरु लाई समवेश गर्ने, पाठक र लेखकहरूलाई सिधै जोड्ने र बौद्धिक विमर्शको वातावरण सृजना गर्ने रहेका ग्रीनसीटी भाेलिन्टयर्स विराटनगरका कृतिका मण्डलले पत्रकार सम्मेलनमा वताईन ।
समाजमा ज्ञानको पहुँचलाई सहज बनाउँदै नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि र रचनात्मक चिन्तनको विकास गराउन ठूलो सहयोग पुग्ने नितु सेनले वताईन ।
मेलाका प्रमुख विशेषता पुस्तक प्रदर्शनी, साहित्य कुना पाठकहरूका लागि बसेर पढ्ने र साहित्यिक वातावरणको अनुभव रहेकाे दिगो विकास इन्सटिच्युटका अभिषेक श्रेष्ठले वताए ।
दिउँसो १ बजे शुरू हुने मेलाको पहिलो सत्रमा विराटनगरमा साहित्य : विगतदेखी वर्तमानसम्म वक्ताहरूमा खेम राज नेपाली, निर्मला कोईराला र कर्ण सन्जय रहनेछ ।
दोस्रो सत्रमा नेपाली वाङमय र विराटनगरकाे वक्ताहरूमा मनु मन्जिल्, दिनेश श्रेष्ठ र सगुना साह रहनेछ ।
त्यस पश्चात् कविता वाचन, सांस्कृतिक नृत्य र कलाका विविध स्वरूपहरूको प्रस्तुति रहनेछ ।
हिमालय रोड, विराटनगरमा लाग्ने हिमालयन रोड किताब मेला २०८३ मा करीब २ लाख खर्च लाग्ने आयाेजकले वताए ।
उक्त मेला दिगो विकास इन्स्टिच्युट, ग्रीन सिटी भोलुन्टियर विराटनगर, नर्थ साउथ कलेक्टिभ्स, पुस्तक बिक्रेता तथा स्थानीय साहित्यिक व्यक्तित्व एवं जागरूक युवाहरूको संयुक्त पहल रहेकाेछ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]