

रासविसकाे विवाद मिलाउन नसकदा संजय राजवंशीहद्वरा राजिनामा
विराटनगर, जेठ २२ गते । राजवंशी समाज बिकास समिति (रासबिस) भित्र देखिएको आन्तरिक विवादका कारण रासविस कार्य समिति सदस्य संजय राजवंशीले राजीनामा दिएकाे छ ।
समाजिक संवाल मार्फत विभाजनप्रति असन्तुष्टि जनाउँदै मोरङ जिल्ला सदस्य एवम् राजबंशीले आफू संस्थामा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकाे छ ।
समाजमा करिब ३ वर्ष भन्दाबढी आन्तरिक विवादका कारण राजवंशी समाज दुई टुक्रा भएको थियो ।
समाजकाे विवाद मिलाउन धेरै प्रयास हुदाँ पनि विवाद मिलाउन नसकेकाे कारणल राजवंशी राजिनामा दिएका हाे ।
राजवंशीका अनुसार किचकिच र समाज विवादले आफुलाई समितिमा बस्न उचित नलागेपछि राजिनामा दिएका हुन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा राख्दै उनले रासबिस हाल दुई पक्षमा विभाजित भएको, एकअर्कामाथि आरोप–प्रत्यारोपमै केन्द्रित रहेको तथा समाजलाई निकासतर्फ लैजानुभन्दा विवाद र विभाजनतर्फ धकेल्ने काम भइरहेको बताएका छन्।
समाजको एकताका लागि पटक–पटक नेतृत्वलाई मिलेर काम गर्न सुझाव दिँदा दिँदा समेत कुनै सकारात्मक पहल नभएको र नेतृत्व मौन बसेको कारण आफूले जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।
राजबंशीको राजीनामा घोषणापछि रासबिस अध्यक्ष सुबन्त राजबंशीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै “कुचोले बढार्नु पर्ने आफैं बढेर गयो” भन्ने टिप्पणी गरेका छन्।
रासबिसमा विषेश अधिवेशन एक पक्षको नेतृत्व अभय राजबंशीले गरिरहेकाछ भने अर्को पक्षको नेतृत्व सुबन्त राजबंशीले गरिरहेका छन्। दुवै पक्षबीचको विवादका कारण राजबंशी समाज लथालिङ्ग भएकाेछ ।
संस्थाका संस्थापक नेतृत्व फुलसिंह राजबंशी, ठकनु राजबंशी, तुलाराम राजबंशी लगायतले पनि एकता, सहकार्य र साझा महाधिवेशनमार्फत संस्थालाई पुनः एकताबद्ध बनाएर लाने आवश्यकता रहेकाे वताए ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]