

विराटनगर, अषाढ ४ गते । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत औषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ का २३ वर्षीय गोपाल मलाहालाई ३ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर नगरपालिका–९ का २९ वर्षीय ईराज भट्टराई र सिन्धुलीका ३० वर्षीय धनबहादुर बस्नेतलाई पक्राउ गरेकाे थियो ।
उनीहरूकाे साथबाट १० ग्राम १४० मिलिग्राम ब्राउन सुगर र प्र.१–०१–०१३ प ९४८० नम्बरको स्कुटर सहित पक्राउ गरिएकाे थियो ।
इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका–१० का २४ वर्षीय शेख अरमान र सोही स्थानका २४ वर्षीय युवराज राजवंशीलाई ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
त्यसैगरी लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पिट), लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-५ का २७ वर्षीय ईश्वर राउतलाई ४ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित, बेलबारी नगरपालिका–३ का २६ वर्षीय सुमित राई र सोही स्थानका २५ वर्षीय आशिष मगरलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियोे ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह (पिट), जिल्ला प्रहरी कार्यालय सुनसरी, र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त प्रहरी टोलीले इटहरी-४ का ४३ वर्षीय बिशे चौधरी र ४३ वर्षीय भुप नारायण चौधरीलाई ७ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर र प्रदेश १-०२-०४७ प २०३४ नम्बरको स्कुटर सहित, धरान उप-महानगरपालिका–१६ का ३० वर्षीय एलिन जंग राणा र धरान–११ का ३१ वर्षीय सन्देश लिम्बुलाई १२ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर र को ३० प ४५०९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएकाे थियो ।
लागू औषध मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले संचालन गरेकाे अभियान कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषध सहित पक्राउ परेकाहरूको साथबाट जम्मा ४२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, स्कुटर २ थान र मोटरसाइकल १ थान बरामद गरिएको थियाे ।
पक्राउ परेका उपर सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएको छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]