विराटनगर, अषाढ, ११ गते । झुठाे विवरणलाई सहि भन्दै सिफारिस गर्ने १ वडा अध्यक्ष र १ वडा सदस्यलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जिल्ला मोरङ रंगेली नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष बर्ष ५५ को महानन्द मंडल र वडा सदस्य बर्ष अं. ४६ को गणेश रिषिदेव पक्राउ परेका छन्
जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ५
बस्ने मनुवा कुमार महतोले आमा अधनुनिया महतो हो भनि झुठ्ठा विवरण पेश गरको र सोहि विवरणको आधारमा अंगिकृत नेपाली नागरिकताको सर्जमिन सिफारिश गर्ने गरेकाे आधारमा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला मोरङ रंगेली नपा वडा नं. ५ बस्ने बर्ष ४६ को गणेश रिषिदेवलाई जिल्ला प्रशासन कार्यालय, मोरङले आवश्यक कारवाहीको लागी यस कार्यालयमा पठाएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान कार्य भइरहेकोछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]