

विराटनगर, अषाढ १२ गते । नेपालकै पहिलो पटक निजी हस्पिटलमा विकिरणित रगत (इरेडिएटेड) उपलब्ध गराउने सेवा बिराट मेडिकल कलेज टिचीङ हस्पिटलमा सुरु भएको छ।
रेडिएशन प्रविधि प्रयोग गरेर रगतमा भएका हानिकारक दाता टी लिम्फोसाइटलाई नष्ट गरी तयार गरिएको यो विशेष रगतले क्यान्सरका बिरामी, प्रत्यारोपण आवश्यक परेका तथा गरेका बिरामी र अन्य गम्भीर रोगका रोगीहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले हस्पिटलले यो सेवा सुरु गरेको हो।
बिरामीलाई सामान्य रगत चढाइन्छ, तब रगत दिने व्यक्तिको रगतमा भएको कोशिकाहरूले रोगीको शरीरको कोशिकाहरूलाई “विदेशी” मान्छन् । त्यसपछि दाता रगतको कोशिकाहरू बिरामीको शरीरको विरुद्ध लडाई गर्न सुरु गर्छन् । यसले रोगीको शरीरमा गम्भीर समस्या र जटिलता सिर्जना गर्छ।

विकिरणित रगतमा यो समस्या आउँदैन किन भने रेडिएशन प्रविधि प्रयोग गरेर दाता टी लिम्फोसाइटलाई निष्क्रिय गरिन्छ। त्यसैले दाता रगतको कोशिकाहरू बिरामीको शरीरको विरुद्ध आक्रमण गर्न सक्दैनन्। त्यसकारण दाता टी लिम्फोसाइटलाई चढाउँदा यो खतरा हुँदैन र बिरामी सुरक्षित रहने रक्त संचार विशेषज्ञ डा. विपिन नेपालले जानकारी गराउनुभयाे ।
सम्पूर्ण रगत रोग तथा रगत क्यान्सरका बिरामी,बोन म्यारो, मृर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी,जन्मजात इम्युन कमजोर भएका बिरामीहरु लगायतलाई यसले फाइदा गर्ने रक्त क्यान्सर तथा रगत रोग विशेषज्ञ डा. विकास कुमार शाहले बताउनुभयो।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा यो सेवा उपलब्ध भएसँगै पूर्वी नेपालका विकिरणित रगत आवश्यक भएक बिरामीहरूले यो विशेष उपचारको लागि अब अन्य शहर वा विदेश जानु नपर्ने भएको छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]