

विराटनगर, अषाढ २५ गते । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियाँमा रहेको विद्या मन्दिर आधाभूत विद्यालय राजनीतिक अख्डा बनेको छ । राजनीतिक खिचातानीका कारण पठनपाठनमा समेत समसया सृजना भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
विद्यालयमा २०७१ साल ६ महिना ५ गतेदेखि स्थायी शिक्षक सोहन कुमार हरिजनले अध्यापन गराउँदै आईरहनु थियो । शिक्षक हरिजन केहि महिनापछि विद्यालयको प्रधानाध्यापकको दावेदार थिए । तर राता पालिकाका अध्यक्षको मिलोमतोमा आफुलाई सरुवा गरिएको शिक्षक हरिजानले आरोप लगाएकाे छ ।
शिक्षक हरिजनलाई सरुवाका लागि शिक्षा शाखाबाट पठाएको पत्रले अहिले विद्यालयमा हलचल मचिएको छ । यता शिक्षक हरिजन भन्नु हुन्छ, आफू दलित भएकै कारण बिद्यालयमा प्रधानाध्यापक पालिकाले बन्न नदिएको, बरु अन्य विद्यलायमा आफूलाई सरुवा गरिएको उहाँकाे गुनासो छ ।
उक्त विषयमा विद्या मन्दिर आधाभूत विद्यालयका प्रधानाध्यापक बाबुराम बिश्वाससंग जिज्ञासा राख्दा उहाँले २०८३ असार १७ गते पालिकाले दरबन्दी मिलान गर्ने क्रममा हरिजनलाई झोराहाट-२ मा रहेको नमुना सरस्वती माध्यमिक बिद्यालयमा सरुवा गरिएको बताउनुभयो ।
अगामी माघमा अवकाश हुन लागेको छु, मेरो अवकासपछि विद्यालयमा प्रधानाध्यापकको हुने त्यो थाहा भएन, तर प्रधानाध्यापक हुने पालो शिक्षक हरिजनको थियो । गणित विषयको राम्रो शिक्षक हुनुहुन्थ्यो ।
शिक्षक हरिजन, यस विद्यालयबाट निस्केपछि अहिले विद्यालयमा विद्यार्थीहरुलाई निकै समसया भएको उहाँले प्रतिक्रिया दिनुभयाे । गाउँपालिका अध्यक्ष नमो नारायण माझीले सरुवा गरेर आफन्त पर्ने शिवराज भगतलाई विद्या मन्दिर आधाभूत विद्यालयमा ल्याएको प्रधानाध्यापक विश्वासले संकेत गर्नुभयो ।
बाल विकासदेखि कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयका विद्यार्थीहरु अहिले कमै आउन थालेका छन् । यस अघि पालिकाले पठाएको राहत करारका शिक्षक दिपनारायण माझीलाई विद्यालय ब्यवस्थापन समितिले गणित बिषयको नै शिक्षक चाहिन्छ अन्य बिषयको शिक्षक चाँहिदैन भनेर विरोध गरेपछि हरिजनको ठाउँमा अहिले गणित शिक्षक भगतलाई पालिकाले पठाएको छ ।
साे विषयमा जिज्ञासां राख्दा पालिकाले गाउँ सभाबाट कर्मचारी समायोजन ऐन २०८२ अन्तर्गत हरिजनलाई सरुवा गरिएको शिक्षा शाखा प्रमुख भिमप्रसाद न्यौपानेले प्रतिक्रिया दिनुभयो ।
विद्यालयमा शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा पालिका भरी २२ जना शिक्षकको सरुवा गरेको उहाँले बताउनुभयो । अहिले सामुदायिक विद्यालयमा शिक्षक बढी र विद्यार्थी कम हुँदै गएकोले बढी विद्यार्थी भएको बिद्यालयमा त्यही अनुसार शिक्षक राख्ने गरेको छ, भने पालिकाले शिक्षा समितिको निर्णय अनुसार विद्यालय समायोजन एवं दरबन्दी मिलान सम्बन्धि निर्देशिका बमोजिम हरिजनलाई सरुवा गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।
विद्या मन्दिर आधाभूत विद्यालयमा अहिले निजि श्रोत बाट १ जना शिक्षक, स्थायी ३ जना, अस्थायी राहत २ जना, प्रा.वि.करार २ जना, बालबिकास २ जना सहित १० जना शिक्षक र बिद्यालय कर्मचारी १ जना गरि विद्यालयमा जम्मा ११ जना जनशक्ति रहेको छ । कक्षा ८ सम्म १ सय १५ जना विद्यार्थी मात्र रहेको छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]