

विराटनगर, श्रावण १ गते । विराटनगर महेन्द्र चोकस्थित पारस हस्पिटलले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कोशी प्रदेशका पत्रकारहरूको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ।
हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानले पत्रकारहरू समाजका महत्वपूर्ण सूचना वाहक भएकाे र आर्थिक अवस्था समेत कम्जोर भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएका छन्।

डा. रहमानका अनुसार पारस हस्पिटलले पत्रकार मात्र होइन, आर्थिक अभावका कारण उपचार गराउन नसक्ने विपन्न तथा असहाय बिरामीहरूको समेत अवस्था मूल्याङ्कन गरी आवश्यक उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ।
आर्थिक समस्याका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ अस्पतालले मानवीय सेवालाई निरन्तरता दिएको उनले बताए।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमनारायण मेहतन सबैलाई स्वागत सम्मान गरेका थिए ।
साथै एम्स हस्पिटल दिल्लीमा काम गर्दै आएका वरिष्ठ फिजिसियन डा. विमलेश यादवलाई स्वागत सम्मान गर्दै हस्पिटलमा भित्रियाएका छन् भने डाक्टर मुनेश्वर यादवलाई मेडिकल डाइरेक्टरमा नियुक्त भएका डाक्टर रहमानले घाेषणा गरे ।
अनुभवी चिकित्सक, आधुनिक उपकरण र सेवा विस्तारसँगै पारस हस्पिटलले गुणस्तरीय तथा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

अस्पतालले आन्तरिक चिकित्सा, विशेषज्ञ परामर्श, आकस्मिक सेवा तथा अन्य स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै बिरामीमैत्री सेवा प्रवाह गरिरहेको जनाएको छ।
सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर अघि बढाउँदै आएको पारस हस्पिटलले आर्थिक रूपमा कमजोर, असहाय तथा उपचारको पहुँचबाहिर रहेका बिरामीलाई सहयोग गर्दै आएको जनाएको छ।
अस्पतालको यो पहलले स्वास्थ्य सेवासँगै मानवीय संवेदनालाई समेत प्राथमिकता दिएको सन्देश दिएको छ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]