

विराटनगर, श्रावण ५ गते । मोरङकाे सुन्दरहरैचा नगरपालिका वडा नं.१० खोर्साने स्थितमा रहेको सुकुना माध्यामिक विद्यालयमा शिक्षकहरूले विद्यार्थीमाथि गरेकाे दुर्व्यवहार घटनामा थप १ जना नृत्य प्रशिक्षक पक्राउ पक्राउ परेकाे छ ।
पक्राउ पर्नेमा नृत्य प्रशिक्षक जिल्ला झापा बुद्धशान्ती गाउँपालिका वडा नं.७ बस्ने बर्ष ३९ को भिम प्रसाद नेपाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
विद्यार्थीहरुद्धारा सोही विद्यालयको शिक्षकहरुले दुर्व्यवहार गरेको भन्ने विषयलाई लिएर शिक्षकहरुको विरुद्धमा प्रदर्शन गर्ने घटना सम्वन्धमा अनुसन्धानको क्रममा संलग्न देखिएका जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका-१० बस्ने बर्ष ४० को प्रदिप भट्टराई, वडा-२ बस्ने बर्ष ३० को किशोरलाल गच्छदार, वडा १२ बस्ने बर्ष ३५ को अबिरल मास्केलाई ४ गते साेमवार नियन्त्रणमा लिएको थियो ।
उक्त घटनाकाे निष्पक्ष छानबिन गरि दाेषीलाई कारवाही गर्न गृहमन्त्री सुदन गुरूङकाे कडा निर्देशन रहेकाे स्राेतले दावी छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]