

विराटनगर, श्रावण ७ गते ।सिटी सफारीमा हरियो तरकारी तथा ३ वटा मोटरसाइकलमा लत्ता कपडासशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हे.क्वा., कंकालिनी मोरङ्गले अबैध लत्ताकपडा बरामद गरेकाेछ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर रानी मोरङ्गबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली ३ वटा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको करिब १२ लाख २७ हजार ३ सय बराबरको लत्ताकपडा बरामद गरेकाे हाे । त्यसै गरिगर वीओपि दरैयाबाट खटिएको मोवाइल गस्ती टोलिले सिटी सफारी सहित हरियो तरकारी मुल्य रु.१ लाख ८५ हजार बराबरको र सवारी साधनहरु, समानहरु नियन्त्रणमा लिई बिराटनगर भन्सार कार्यालय बिराटनगर मोरङ्गमा बुझाएकोछ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]