विराटनगर, श्रावण १० गते । जिल्ला प्रहरी कार्यालय मोरङको सहकार्यमा लायन्स क्लव अफ विराटनगर ग्रिनसिटीले आयोजना गरेको लागु औषध विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर स्थित आयोजित लागु औषध, विरुद्ध सचेतना मुलक कार्यक्रम लायन्स क्लव अफ विराटनगर ग्रिनसिटीका अध्यक्ष चिन्तामणी वस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले अहिलेका युवा पिढीहरु धैरे जसो लागु औषध सेवन गरेका कारण हत्या हिंसा बढदै गएको बताए । लागु औषध न्यूनीरण गर्नका लगिा प्रहरीले मात्र सक्दैन, यसका लागि विद्यार्थीलगायत युवाहरु, समाजका अगुवाहरु र सरोकारवाला संघ-संस्थाहरुको सहयोग आवश्यक रहेको एसपी कटुवाले बताए ।
अहिले मोरङमा युवाहरु बढी मात्रामा लागु औषध सेवन गरेर विभिन्न प्रकृतिका अपराधका घट्नाहरु घटाउँदै आएको एसपी कटुवाले जानकारी दिए । कतिपय लागु औषध प्रयोग कर्ताहरुलाई आगु औषध मुद्दा समेत चलाई सकेको एसपी कटुवाले सभागीहरुलाई कार्यक्रममा प्रष्ट पारेका थिए । कार्यक्रममा लायन्स क्लव अफ विराटनगर ग्रिनसिटीका रिजन चियर पर्सन भवेष पोडेलले लागु औषध न्यूनीकरण गर्न सवै समूह वर्गमा लागु औषध विरुद्ध सचेतना मुलक कार्यक्रम गर्न आग्रहगरेका थिए ।
लागु औषध विषयक सचतना मुलक कार्यक्रममा लागु औषधबाट हुने जोखीम र यस जोखीमबाट सुरक्षित रहने लगायतको विषयमा केन्द्रीत भएर जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरीक्षक प्रमिला कार्कीले विद्यार्थीहरुलाई सहजिकरण गरेकी थिईन् ।
कार्यक्रममा क्लवका पुर्वअध्यक्ष चन्द्र बुढाथोकी, डिष्ट्रक चिफ, दिपक कर्ण, सचिव मनोज चौलागाई लगायतले युवा पुस्तामा यस्ता सचेतना मुलक कार्यक्रम गर्न जोड दिएका थिए ।
कार्यक्रममा यसपायर कलेलका एक सय भन्दा बढी विर्थाीहरुको सहभागीता रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]