

विराटनगर, श्रावण १२ गते । जिल्ला प्रशासन कार्यालय माेरंगले जिल्ला भरी कुनै पनि कार्यक्रममा डिजे प्रयाेग नगर्न आदेश दिएकाे छ ।
जिप्रका माेरंगले सूचना जारी गर्दै सूचनामा भनेकाे छ जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टीउत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको छ ।
सूचना विपरित कसैले यसको प्रयोग गरे, गराएको पाइएमा कानून बमोजिम कारवाही गरिने व्यहोरा उल्लेख गरेकाे छ ।
सूचनामन सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले हस्ताक्षर गरेकाेछ ।


क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]