

विराटनगर, श्रावण १२ गते । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव बढ्दै गएपछि मध्यनजर गर्दै सुनसरीमा कफ्र्यु क्षेत्र समेत वितार भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले आज जारी गरेको आदेशअनुसार मंगलबार अपराह्न ३.३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी–इनरुवा सडकखण्ड अन्तर्गत महेन्द्र राजमार्गको पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यु लागू गरिएको छ ।
सुनसरी प्रशासनले देवानगञ्ज र आसपासका संवेदनशील क्षेत्रमा यस अघि नैकफ्र्यु जारी गरेको थियो । पूर्वपश्चिम राजमार्गको कफ्र्यु भने विहानबाट हटाइएको थियो । तर, कोशी कटान क्षेत्रमा आगजनी र लुटपाट भएपछि पुनः कफ्र्युको दायरा विस्तार गरिएको हो ।
कफ्र्यु क्षेत्रको सीमा पूर्वतर्फ पकली चोक, पश्चिमतर्फ कोशी ब्यारेजको पुल तथा उत्तर–दक्षिणतर्फ राजमार्गदेखि २०० मिटर क्षेत्र कायम गरिएको छ ।
आदेशअनुसार कफ्र्यु अवधिभर उक्त क्षेत्रमा कसैले पनि आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्नाजस्ता गतिविधि सञ्चालन गर्न नपाइने जनाइएको छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]