विराटनगर, भाद्र २० गते । अबैद्ध रुपमा भारतवाट पैठारी गरी घरमा भण्डारण गरिएको गहुँ र नेपालबाट भारत तफै लैजादै गरेको मिक्सर दाल प्रहरीले बरामद गरेको छ ।
मोरंग जहदा गाउँपालिका वडा नं. १ कुलरिया घर भएका धर्मचन्द्र साहको घरमा भारतवाट नेपाल तर्फ गहुँ पैठारी गरी भण्डारण गरेको प्रप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधनगरवाट खटिएको प्रहरीले भण्डारण गरिएको गहुँ बरामद गरिएका हो ।
साहको घर अगाडीवाट ३ वटा साईकल र २० केजीको दरले १० वोरा गहुँ फली मानिस भागेको र साहकै घर आगनमा भारतवाट अवैघ रुपमा पैठारी गरी ६० केजीका दरले ९४ बोरा गहुँ गरी जम्मा ६ हजार २ सय ४० केजी गहँु जिल्ला प्रहरी कार्यालय मोरंग र ईलाका प्रहरी कार्यालय रानीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाएको छ ।
त्यसैगरी मोरंग जहदा गाउँपालिका वडा नं. ७ तरेगामा सिमानाकामा नेपालवाट भारततर्फ लैजाँदै गरेको ५० बोरा मिक्सर दाल बरामद गरी कारवाहीका लागि भन्सार कार्यालय रानीमा बुझाएको छ । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको मिक्सर दाल बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]