
विराटनगर, श्रावण २० गते । मोरङ र पाँचथरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
मोरङको बेलबारी नगरपालिका-१ सिसौली स्थितबाट इलाका प्रहरी कार्यालय बेलबारी मोरङको प्रहरी टोलीले साउन १९ गते बेलबारी नगरपालिका-१ का २४ वर्षीय विकास रौनियारलाई प्रतिबन्धित औषधि ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित पक्राउ गरेको थियो । यसैगरी पाँचथरको फिदिम नगरपालिका-१ बरडाँडास्थितबाट जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले फिदिम नगरपालिका-१ का ३१ वर्षीय निराजन खतिवडा, २१ वर्षीय एलन नेङबाङ र २६ वर्षीय दिलबहादुर राईलाई ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]