विराटनगर, मंसिर ३ गते । जवरजस्ती करणी गरी फरार रहेकका एक जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार श्रावन १ गते जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ३ स्थित खयरवना टोल भित्री बाटोमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २४ को बिशाल सोनार ठाकुरले जवरजस्ती करणी गरेका थिए ।
बर्ष २३ की सांकेतिक नाम विराटनगर (५) लाई ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी हालसम्म फरार रहेकोमा ठाकुरलाई १ नं. प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरी टोलीले मंगलवार मोरङको रंगेली नगरपालिका वडा नं.७ मधुवनीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]