राजेश कुमार राजवंशी
विराटनगर, पौष २ गते । । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको निर्मम यातना पछि भिभत्स हत्षा भएको मानव अधिकार कर्मी संचारकर्मीहरुले प्रतिवेदनमा खुलाएको छ ।
मानव अधिकारकर्मी तथा संचारकर्मीहरुको टोलीले मंसिर २३ गते मोरंगको मिक्लाजुङ्ग गाउँपालिका वडा नं. बर्खे भन्ने स्थानमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र कुमार श्रेष्ठको हत्या भएको सत्य तथ्य पत्ता लगाउन टोलीले २९ गते स्थलगत अध्ययनगरी प्रतिवेदन तयार गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए ।
टोलीले ६ वटा बद्धामा स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै श्रेष्ठको निर्मम यातना पछि विभत्स हत्या भएको भन्दै दोषीको खोजी गरी आवश्यक कानुनी कारवाही गरी शान्ति सुरक्षा कायम गर्न तीनै तहको सरकारलाई ध्यानाकर्षन समेत गराएको छ ।
मानव अधिकारकर्मी तथा संचारकर्मीहरुको ८ जनाको समूहले स्थलगत अध्ययनमा ६ जना युवाले श्रेष्ठलाई अपहरण गरी बाँस, वेताको भाटा र पटुवाको डोरीले बाधेर शरीरको पछाडी भागमा ढुंगाले हानेर शरिरमा निलडाम भेटिएको गहिरो चोटले मृत्यु भएकोले निर्मम यातना पछि हत्या गरेको प्रतिवेदनमा उल्लेख छ ।
श्रेष्ठलाई हात वाधेर जंगल तिर लगेको स्थानीयले देखेपछि प्रहरी र जनप्रतिनिधीहरुलाई खबर गरेपछि प्रहरी ८ घण्टा पछि घटना स्थल पुगेका थिए । मंसिर २४ गते विपी कोईराला विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी २५ गते दाह संस्कार गरिएको थियो ।
उक्त घटनाको केही समय अगाडि देखि त्यस क्षेत्रमा नेकपा (विप्लव) समूहको गतिविधि वढेकोे, शिक्षक श्रेष्ठसंग चन्दा मागेको चन्दा नदिए मार्ने धम्की दिएको, केही दिनदेखि उनी माथि निगरानी बढाएको र हत्यापछि जिम्मेवाी लिदै वक्तव्य सार्वजनिक गरेको पाईएको । यसवाट उक्त हत्या विप्लव नेतृत्वको नेकपाले नै गरेको पुष्टि हुन्छ । लाशको प्रकृति पोष्टमार्टमको रिपोर्ट स्थानिय बासिन्दाको भनाईका आधारमा नेकपा विप्लव समूहको तर्mबाट जारी गरिएको विज्ञप्तीमा भने जस्तो सम्झाउन जाँदा आक्रमण गर्न खोजेकोले प्रतिकार गर्दा मारिएको भन्ने कुरा कतैवाट पुष्टी हुँदैन । हात बाँधेर लगिएको एउटा निहत्था ५४ वर्षिय श्रेष्ठलाई ६ जनाको हतियारधारी युवा टोलीसंग प्रतिकार गर्न स्क्ने संभावना हुँदैन । त्यसैले विप्लव नेतृत्वको नेकपाले एउटा इमान्दार शिक्षक र मिहनेती कृषकको निर्मम हत्या गरको र प्रतिकारमा मारिएको भनी झुठो विवरण सार्वजनिक गरेर यथार्थ लुकाउन खोजेको मानव अधिकारकर्मी तथा संचारकर्मी टोलीको ठहर छ ।
मानव अधिकारकर्मी तथा संचारकर्मीहरुको टोलीमा सोमराज थापा, प्रदश नं. १ संयोजक अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक), यज्ञप्रसाद शर्मा, अध्यक्ष, मानव अधिार तथा वातावरण मञ्च –फरेन), मन्जिता उपाध्याय अध्यक्ष, साझा सवालका लागि साझा मन्च (कोकन) सतार अन्सारी, थर्ड एलायन्स÷परामर्शदाता, रुक्मिणा दहाल, एडभोकेसी फोरम विराटनगर संयोजक, महेन्द्र विष्ट, पूर्वअध्यक्ष नेपाल पत्रकार महासंघ मोरंग, नेत्रप्रसाद अधिकारी, इन्सेक मोरंग प्रतिनिधी, ज्योति चौहान पत्रकार रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]