विराटनगर, पौष १४ गते । भारतवाट कर छली ल्याएका छब्बीस प्रकारको अबैध समानहरु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले सोमवार जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरा तथा हाते झोलामा प्याक गरेको समानहरु बरामद गरेको हो ।
बरामद भएका समानहरुमा बिभिन्न मोवायलमा लाग्ने टेम्पर ग्लास १०३ बन्डल, बोट लेखिएको लेखिएको बुलुटुथ ८ पिस, बोस बुस्टर लेखिएको सोनी कम्पनीको ठुलो ईयर फोन ४ पिस, आइफोनको डाटा १५० पिस, विभिन्न मोवाईलामा प्रयोग हुने बायरलेस ब्लुटुथ ४० पिस, चार्जर प्लक ३० पिस, कोट–पेन्टको कपडा ३ बण्डल, लेडिज साडी ६ पिस, लेडिज सुरुवाल ४ पिस, लेडिज सुईटर ४ पिस, लेडिज ठुलो कुर्ता ६ पिस, कुर्ता सुरुवालको पिसको कपडा २२ पिस, लेडिज लेङ्गा ५ पिस रहेका छन् ।
त्यसैगरी, रेडबुल २ बण्डल ४८ पिस, रसगुल्ला ११ बट्टा, सुरज पापड १४ प्याकेट, एमडीएच कासमिरि मिर्ची ५ बण्डल ५०, मिट मसला ५ वण्डल ५० पिस, चिकेन मसला ३ वण्डल, अमोल घ्यु ३० पिस, विभिन्न किसिमका बिस्कुट ४ कार्टुन, चिनी १० बोरा अ. ३०० केजी, खोर्सानी सुकेको १ बोरा १० केजी, सुर्ती ४ केजी, रजनि गन्धा र बम्बई गुर्खा ५ केजी, खाध्यान्न सामाग्री बेसार,खोर्सानी, लसुन रहेको थियो ।
उक्त सामग्रीको बजारमुल्य अन्दाजी २ लाख ३८ हजार ७ सय ९० बराबरको सामान ल्याई बेवारिसे अवस्थामा छाडेको अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]