विराटनगर, माघ ८ गते । नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहको मोरंग जिल्ला इन्चार्ज डिवी सिलवाल भन्ने धन बहादुर बिक हातहतियार सहित पक्राउ परेको छ ।
मोरङ बुढीगंगा गाउँपालिका वडा नं.४ स्थितमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका कार्यकर्ताद्वारा उद्योगी व्यवसायीहरुलाई धम्काई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सुचना प्राप्त भएकोले जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिई खोजतलास गर्दा सिलवाल पक्राउ परेको हो ।
पक्राउ परेका सिलवाल जिल्ला संखुवासभा गाउंविकास समिति मादी रामबेनी वडा नं.७ साविक भई हाल मादी नगरपालिका वडा नं.४ ओखरबोटे बस्ने वर्ष ३२ को डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा प्रतिवन्धित नेकपा विप्लव समुहमा आबद्ध रहेको खुल्न आएकोक छ ।
मोरङ जिल्ला ईन्चार्ज समेत रहेको सिलवालको शरीर खानतलासी गर्ने क्रममा हतियार सहित सिलवालले लगाएको जिन्स पाईन्टको अगाडिपट्टीको बाँया गोजीबाट बटको भागमा काठ समेत भएको सेमी अटोमेटिक पोस्तोल १ थान, सोही पाईन्टको अगाडिपट्टीको दाहिने गोजीबाट म्याग्जिनमा लोड अवस्थामा के एफ ७.७५ लेखिएको गोली राउण्ड थान ३ र आकासे रंगको ज्याकेटको अगाडिपट्टीको दाहिने गोजिबाट ओपो कम्पनिको सिम बिनाको मोबाईल थान १, वरामद भएको छ ।
त्यसैगरी दुईवटा सिम कार्ड प्रयोग भएको कलर्स कम्पनिको मोबाई थान १, दुईवाट सिमकार्ड प्रयोग भएको रेयट कम्पनीको मोबाईल थान १, दुईवटा सिम कार्ड प्रयोग भएको कलर्स कम्पनीको मोबाईल थान १, पाईन्टको पछाडिपट्टीको दाहिने गोजिमा रहेको खैरो रंगको पर्स लेग एनटीसी को खाली सिम थान ४, एनसेल को खाली सिम थान १, सवारी चालक अनुमति पत्र थान १ र को.२४ प ४००५ नम्बरको पल्सर मोटरसाईकल थान १ बरामद भएको छ ।
सामानहरु कानून बमोजिम बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।
साथै निज धन बहादुर बि.क.ले मंसिर २३ गते जिल्ला मोरङ मिक्लाजुङ्ग गाउंपालिका वडा नं १ बर्खेको राजेन्द्र श्रेष्ठलाई कर्तब्य गरी मारेको कसूरमा प्रतिवादी रहेको समेत अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]