विराटनगर, माघ २६ गते । एकजनाको कोठाबाट दश लाख भन्दा वढीको नेपालमा प्रतिवन्धित रहेको औषधीहरु प्रहरी द्धारा बरामद गरिएको छ ।
विराटनगर महानगर पालिका वडा नं. ५ स्थित न्यूरो अस्पताल नजिकै रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो ।
खानतलासी गर्ने क्रममा मण्डलको कोठाबाट इजेक्सन एमिडोन, पारासिटामोल, डेसरीम लगायतका ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टर समेत फेला पारी वरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]