विराटनगर, माघ २७ गते जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं. ५ सतिसाले स्थित गोरु लोड गरेको ट्रक प्रहरीले बरामद गरेको छ ।
गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ना. ६ ख ६१३२, ना.६ ख.९७३४ र ना. ५ ख ७७५७ नम्बरको ट्रकमा ६७ वटा गोरू फेला पारेको छ ।
अनुसन्धानको क्रममा उक्त गोरू सिन्धुपाल्चोक घर भएको ठेकेदार विश्व बस्नेत भएको वुझिएको भने केराबारी गाउँपालिका वडा नं. ८ बस्ने डोर बहादुर बिक लगायत ९ जनाको ब्यवसाय गर्दाको रकम समेत नदिएको खुल्न आएको छ ।
ट्रक, चालक र गोरु नियन्त्रणमा लिई ईप्रका बेलबारीमा ल्याई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको सो कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]