बिराटनगर, फाल्गुण ५ गते । बिराटनगर महानगरपालिकाले एक कार्यक्रम बिच ‘विपद पोटल’ को शुभारम्भ गरेको छ ।
उक्त विपद पोर्टल गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टल बिराटनगर महानगरपालिकाका मेयर प्रमुख भिम पराजुलीले गरेका थिए ।
विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने उदेश्यले ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ । सो पोर्टलमा आगलागी, दुर्घटना, बाढी, लगायतको घटनाहरुको विवरणहरु राख्ने भएको छ ।
उक्त पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश गरिएको छ । विराटनगर महानगरपालिका भित्र घटेको विपदका घटनाहरूको साथै अस्पताल, शैक्षिक संघसंस्थाहरुको पनि अभिलेखकरण गरेर राखेको छ । विपद व्यवस्थापन सम्बन्धी कुनैपनि सूचना आवश्यक परेमा पोर्टलवाट सहयोग लिन सकिन्छ । य
विपद पोर्टलले दिएको सूचनाको माध्यमबाट सहज रुपमा सूचना लिन र रणनीति योजना बनाउन सहज हुने भएको छ । विपद व्यवस्थापन गर्नका लागि महानगरपाकिाले गुरूयोजना तयार गरेर अगाडी बढ्ने भएको छ । सो पोर्टलको लागि महानगरपालिकाले अर्चना कर्णलाई फोकल पर्सन तोकेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]