विराटनगर, फाल्गुण १७ गते । कर्तब्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने प्रतिवादी जिल्ला मोरंग ग्रामथान गाउँपालिका वडा नं. ४ मोतीपुर बस्ने ३८ वर्षको ओम नारायण धामीलाई जिल्ला प्रहरी कार्यालय मोरंगवाट खटिएका टालीले बुढीगंगा गाउँपालिका वडा नं. २ वाईपास सडकवाट १६ गते आईतवार पक्राउ गरेको हो ।
२०७७ साल भाद्र १३ गते जिल्ला मोरङ बेलबारी नगरपालिका ५ कसेनी लोहन्द्रा पुल स्थित सोही ठाउँ एबस्ने बर्ष ३२ को जितेन चौधरी, बर्ष २५ को दिनेश श्रेष्ठ, बर्ष ३२ को सन्तोष मगर समेतले र बर्ष ४० को चन्द्र कुमार राई, बर्ष ४२ को सई कुमार राई, बर्ष ३५ समुन्द्र राई, बर्ष १६ को गौरव राई समेत सँग सामान्य बादबिबाद हुँदा धारिलो हतियार खुकुरी प्रयोग गरी घाइते बनाएको थियो ।
घाईतहरुलाई उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर पठाएकोमा चन्द्र कुमार राईको उपचारको क्रममा मृत्यू भएको थियो । उक्त घटनामा संम्लग्न रही हालसम्म फरार रहेको धामीलाई पक्रउ गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]