बिराटनगर, चैत ५ गते । छैठौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता “बिराट गोल्डकप हाम्रो गौरव” नाराका साथ चैत २६ गते देखि विहीवार देखि शुरु हुने भएको छ ।
प्रदेश नं. १ को राजधानी बिराटनगर महानगरपालिकामा रहेको सहिद रङ्गशालामा रात्रीकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
बिराट गोल्डकप फुटबल ट्रष्ट आयोजक समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मलेन गरी रात्रीकालीन विराट गोल्ड कप फुटबल प्रतियोगिता पहिले पनि भएको थियो तर यसपाली ट्रष्टले प्रदेश सरकारको लगानीमा सहिद रङ्गशालामा फर्डलाईट जडान गरेकोले रात्रीकालीन प्रतियोगिताको दर्शकले छुट्टै मज्जा लिन सक्ने छ । विराट गोल्डकप प्रतियोगिता चैत्र २६ देखि सुरु भएर बैशाख ४ गते सम्पन्न हुने आयोजकले जानकारी गराएको छ ।
ट्रष्टका सदस्य मनोज बिक्रम शाहको संयोजकत्वमा प्रतियोगितालाई भव्य, सभ्य र समफलता पूर्वक सम्पन्न गर्न मूल आयोजक समिति गठन गरी विभिन्न उप समिति, सल्लाहकार समिति, सचिवालय समिति समेत गठन भएको छ ।
उक्त प्रतियोगितामा नेपालको मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब, संकटा क्लब, राष्ट्रिय लिग बिजेता टिम मच्छिन्द्र क्लब, रुपन्देही र विराटनगर–११ टीम सहभागि हुने भएको छ भने विदेशी टीममा भारतको पञ्जाब पुलिस, झारखण्डको टाटा एकेडेमी र क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन लगायतको टीम पनि प्रथम पटक सहभागि हुने भएको छ । सो प्रतियोगितामा विदेशी टिम भारत र क्यामरूनका सहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मनोज विक्रम शाहले जानकारी दिनु भएको थियो ।
गोल्डकप ट्रष्टले गोल्डकप विजेता टिमलाई १५ लाख १५ हजार र उपविजेता टिमलाई ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित आकर्षक शिल्ड पनि दिनेभएको छ । यसअघिको पाँचौ संस्करण विजेताले १३ लाख र उपविजेताले ७ लाख नगद पुरस्कार दिएको थियो ।
प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई मोटरसाईकल सहित पदक प्रदान गर्ने गर्नुका साथै प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता र व्यवस्थापक समेतलाई जनही २५–२५ हजार नगर पुरस्कार प्रदान गरिने तयारी रहेको शाहले जानकारी गराएका थिए ।
गोल्डकप हेर्न दर्शकले २ सय, ३ सय र ४ सय दरको टिकट खरिद गर्नु पर्ने छ भने २ हजार रुँपैयाको सिजनल टिकटको व्यवस्था समेत गरिएको छ । सिजनल टिकट खरिद गर्ने दर्शकले दैनिक लाईनमा लागर टिकट काटिरहनु पर्ने छैन । साथै सिजनल टिकट खरिद गर्ने दर्शकलाई छुट्टै खेल अवलोकन गर्न प्याराफिटको व्यवस्था गरिएको छ ।
गोल्डकप हेर्न आउने दर्शकको सुरक्षालाई पनि बिशेष ध्यान पु¥याएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा ठाउँठाउँमा व्यापक मात्रामा सादा पोशाकका प्रहरी परिचालन गरिने साथै गोल्डकप अवधिभर रङ्गशाला आसपासका क्षेत्रमा प्रत्यक्ष निगरानीका लागी ३५ वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ त्यसको निगरानी जिल्ला प्रहरी कार्याले मोरंगले गर्ने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]