बिराटनगर, बैशाख २२ गते । प्रदेश नं. १ को राजधानी विराटनगरमा १५४ सहित प्रदेश १ मा ५७७ संक्रमित थप भएको छ ।
प्रदेश नं. १ को जिल्ला गत रुपमा थपिएका संक्रमितहरुमा मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, सङ्खुवासभामा ८, उदयपुर र भोजपुरमा ४÷४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा १÷१ र प्रदेश १ बाहिरका ४१ जना रहका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ जिल्लाको विराटनगरमा ६६ महिला र ८८ पुरुष सहित १५४, सुन्दरहरैचामा ११, कटहरीमा ७, पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २÷२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान, स्थानीय तह नखुलेका १÷१, जना रहेका छन् ।
त्यसैगरी झापाको बिर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा ३२, कनकाईमा १४, मेचीनगरमा ११, अर्जुनधारा र कमल गाउँपालिकामा ९÷९, स्थानीय तह नखुलेका ६, गौरादहमा ५, शिवसताक्षी र झापा गाउँपालिकामा ४÷४, बुद्धशान्ति र कचनकवलमा ३÷३, हल्दिबारीमा २, रहेका छन् ।
सुनसरी जिल्लाको धरान उपमहानग पालिकामा ६०, इनरुवा नगरपालिकामा १८, इटहरी उपमहानगर पालिकामा ९, बराहक्षेत्रमा ३, बर्जू, दुहबी र स्थानीय तह नखुलेका २÷२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोसी गाउँपालिकामा १÷१, संक्रमिति थपिएका छन् ।
धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २÷२, महालक्ष्मी र पाख्रिवासमा १÷१, इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, सङ्खुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १÷१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २÷२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १÷१, खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुमको म्याङ्लुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
हाल सम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार १२९ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ९० सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५११ पुगेको छ ।
प्रदेश १ मा १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिदा २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]