बिराटनगर, जेष्ठ ७ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. ३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालकले नक्कली खाता बनाई औषधीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका वडा नं. ७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका वडा नं. ३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र महतो नक्कली खाता बनाई औषधी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् ।
महतोले सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ का ४५ को राम नारायण मुखियालाई २०७८ बैशाख २५ गते देखि ३० गतेसम्म फार्मेसीमा औषधी बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधीको बास्तविक मुल्य लेख्ने र अर्को खातामा बढि मुल्य लेख्ने गरेका थिए ।
औषधी खरीद गर्ने ग्राहकलाई बढि मुल्यको खाता देखाई औषधीको बढि मुल्य लिने गरेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले महतोलाई फार्मेसीबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका महतोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]