सुनसरी, जेष्ठ १७ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गको सुनसरी जिल्लाको कोशी गाऊपालिका वडा नं. ८ भाण्टाबारीबाट गाँजा सहित एक जना प्रहरीको फन्दामा परेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका गणेश यादव रहको छ । यादव १ सय ६५ केजी गाँजा सहित पक्राउ परेको हो ।
आईतबार जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]