बिराटनगर, जेठ १८ गते । मोरंग जिल्लाको जहदा गाउँपालिकाले दोस्रो लहरको कोरोना संक्रमितहरुलाई औषधीको किट वितरण गर्न थालेको छ ।
कोरोना संक्रमितहरुको लागि गाउँपालिकामा ५ वेडको अस्पतला संचालनमा ल्याएको छ भने आइसोलेसन सेन्टर समेतको व्यवस्था गरिएको छ ।
कोरोना संक्रमिण पुष्टी भई सकेपछि आइसोलेसनमा बस्नेहरुलाई उपचार सहितको खाना–नास्ता सेमतको व्यवस्था गरिएको छ भने होम आइसोलेसनमा बस्नेहरुलाई औषधीको किट दिनेगरेको गाउँपालिका अध्यक्ष कैशाल प्रसाद मण्डलले वताए ।
उक्त औषधी किटमा परासिटामोल ५०० एमजी, क्यालसियम विथ डिथ्री, भिटामिन बी कम्पलेक्स, भिटामिन सी, जिंक, फेक्सोफेनाडाईन १८० एमजी, ओआरएस (जीवनजल), पेन्टापेराजोल ४० एमजी, थर्मोमिटर १ थान र केही पीस मास्क सहित खाने तरिका लेखिएको पुर्जा रहेको जहदा गाउँपालिकाका जनस्थास्थ्य प्रमुख राजकुमार दासले वताए ।

त्यसै गरी कोरोना संक्रमित विरामीलाई श्वास प्रश्वासमा समस्या देखिएमा त्यसको समाधानको लागि ७ बटा अक्सिजन ग्यास सिलिण्डर र यातायातको लागि एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
जहदा गाउँपालिकाको वडा नं. १ मा ११, वडा नं. २ मा ४६, वडा नं. ३ मा ७, वडा नं. ४ मा ६, वडा नं. ५ मा १५, वडा नं. ६ मा १४ र वडा नं. ७ मा ८ जना गरी ११९ जना संक्रमित रहेको छ । सवभन्दा वढी वडा नं. २ मा ४६ जना रहेको छ भने सवभन्दा कम वडा नं. ४ मा ६ जना रहेको छ । अहिले सम्म ७ जना कोरोना संक्रमितका मृत्यु भई सकेको छ ।
कोरोना संक्रमितको उपचारको लागि जहदा गाउँपालिकाले १ करोड रकम छुट्याईको छ । संक्रमितहरुको उपचार र निगरानीको लागि सवैवडा कार्यालयका स्वास्थ्य चौकीहरुको स्वास्थ्य कमीहरुलाई परिचालन गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]