बिराटनगर, अषाढ २ गते । राठी एडेशिभ इन्डष्ट्रिजले निशुल्क एम्बुलेन्स सेवाको समुद्घाटन गर्ने कार्यक्रमलाई प्रदेश १ को समाजिक विकास मन्त्री उषाकला राईले अस्वीकार गरेको छ ।
समाजिक विकास मन्त्रालयको प्रागणमा इन्डष्ट्रिजले कम्पनीको ढुवानीमा प्रयोग गर्ने वा २ च ५६१३ नं. को मारुती भेन र बा १८ च ९३२ नं. को म्याजिक भेनलाई एम्बुलेन्सको रुप दिएर मन्त्रीवाट उद्घाटन गर्न खोज्दा एम्बुलेन्सको प्रक्रिया पुरा नएकोले सो निशुल्क एम्बुलेन्स समुद्घाटन गर्न अस्वीकार गरेका थिए ।
मन्त्रीले अस्वीकरा गरेपछि हटखोलामा रहेको इन्डष्ट्रिजको प्रागणमा इन्डष्ट्रिजका संचालक मुकेश कुमार राठी, अरुण कुमार राठी, श्याम राठीले संयुक्त रुपमा निशुल्क एम्बुलेन्स सेवाको समुद्घाटन गरेको थियो ।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने कोभिड १९ को महामारी भएको वेला आम जनतालाई निशुल्क सेवा सुविधा दिने उदेश्यले ‘द बोण्ड अफ होप’ भेन कार्यक्रम अन्र्तगत मोरंग जिल्ला भरिका विरामी ओसार पसार गर्न केही सहयोग पुग्ने भावनाले निःशुल्क एम्बुलेन्स सेवा ल्याएको वताए ।
समाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय मोरंग विराटनगरवाट सवारी पास सम्वन्धमा च.नं. ७३७ मिति २०७८÷२÷२७ गते जिल्ला प्रशासन कार्यालय मोरंगमा पत्र पठाएपछि सर्तहरु सहित जिल्ला प्रशासन कार्यायल मोरंगले सोही दिन अनुमति दिएपछि करीब ४ लाखको लगनी गरी सो एम्बुलेन्स निर्माण गरेको अरुण राठीको भनाई छ ।
मोरंग जिल्ला भरीको कोरोना संक्रमित विरामीका परिवारले एम्बुलेन्स नपाईरहेको अवस्थामा हाम्रो इन्डिष्ट्रिजले संचालन गरेको निःशुल्क एम्वेलेन्स सेवा संचालनले केही राहत हुने विश्वास कम्पनीले लिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]