बिराटनगर, आषाढ ९ गते । कोभिडमा राहत साजिक क्षेत्रको साथ, परोपकारी मनले बढार्औ सहयोगी हात भन्ने नाराका साथ विराटनगरका १०२ जना इलेक्ट्रिक सिटि रिक्शा चालकलाई खाद्य्यान सहयोग गरेका छन् ।
एका कार्यक्रमको आयोजना गरी विराटनगर महानगरपालिकाको मेयर भीम पराजुली र गैर सरकारी महासंघको उपाध्यक्ष तथा एबीसी नेपालको अध्यक्ष विष्णु शर्माले संयुक्त रुपमा सहयोग वितरण गरेको हो ।
दश जना सिटि रिक्शा चालकहरुलाई खाद्य्यान सहयोग वावत एक बोरा चामल, नून, तोरी तेल, स्वायवीन, लगायतका सामग्री पराजुली र शर्माले संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । त्यसैगरी वांकी ९२ जनाको लागि कुप्पन हस्तान्तरण गरेको थियो ।
कोरोना महामारीको वेला नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण इलेक्ट्रिक सिटि रिक्शा संचालन नभएपछिे विपन्न रिक्शा चालकहरुलाई खाद्य्यान सामग्री सहयोग गरेको छ । सहयोग वापतको कुप्पन नेपाल यातायात स्वतन्त्र इलेक्ट्रिक रिक्शा मजदुर संघ नगर अध्यक्ष गोपाल भुजेललाई हस्तान्तरण गरिएको थियो ।
उक्त सहयोग एस डब्लु सी, विराटनगर महानगरपालिका थाउजेण्डस र दिगो विकास इन्सन्टिच्युट मिलेर गरेका थिए । इन्सन्टिच्युटको प्रतिनिधी निराकार श्रेष्ठको उपस्थिति रहको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]