हिरालाल साह
बिराटनगर, आषाढ १४ गते । विराटनगर महानगरपालिकालाई सौन्दर्यकरणको लागि बृक्षारोपन कार्यक्रम अन्तर्गत आज विराटनगर महानगरपालिका वडा नं. १२ स्थित जनता आधारभुत स्कुल देखि देखि कामत चौकसम्म बृक्षारोपण शुभारम्भ गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरी बिराटनगर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतको प्रमुख आतिथ्यमा फुलको बिरुवा रोपी शुभारम्भ गरिएको हो ।
बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कामतले भने बिराटनगर महानगरपालिका वडा नं. १२ बखरी वासी जनताहरु सुन्दर, हरियाली वातावरणीयको साथै स्वस्थ्य हावा अक्सिजन पाउनेछन् भनी आशाका साथ सडकको दुवै तर्फ फूलको विरुवा रोप्न कार्यको शुभारम्भ गरेका छौ । यो विरुवाको संरक्षण गरी वातावरणलाई स्वास्थ्य वनाउन आम जनतालाई सहयोग गर्न आग्रह गरेका थिए । वडा नं. १२ लाई महानगरपालिकाकै नमुना सौन्दर्यकरण (ब्युटिफिकेशन) को रुपमा बिकसित गर्दै लाने वहांको भनाई थियो ।
उक्त अवसरमा बिराटनगर महानगरपालिकाको वातावरण शाखाका प्रमुख अनिता कोइरालाको समेत उपस्थिति रहेको थियो । कोइरालाका अनुसार अनुसार जाकारण्डा जातको निलो फुल फुल्ने ६ सय ६० थान फुलको बिरुवा सडकको दुवै तर्फ २० फिटको दुरिमा लगाउने योजना रहेको त्यसको लागि उपभोक्त समितिको साझेदारीमा करीब २५ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । फूलविरुवाको संरक्षणको लागि फलामको घेरा समेत लगाएको अरविन्द मण्डलले बताए ।
बृक्षारोपण स्थानिय स्तरमै उपभोक्ता समिति मार्फत भैरहेको र बिरुवाको रेखदेखको लागि कुशेश्वर राजवंशीको संयोजकत्वमा संरक्षण समिति पनि गठन गरिएको छ ।
सो कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरु, संरक्षण समितिका पदाधिकारीहरु, बखरी प्रहरी चौकीका इन्चार्ज, र स्थानिय वासीहरुको उपस्थिति रहेको थियोे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]