बिराटनगर, आषाढ २२ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इनसेक) प्रदेश नं. १ कार्यालयका अध्यक्ष सोमराज थापाको अध्यक्षतामा मिडिया साझेदारी बैठक सम्पनन गरेको छ ।
मानव अधिकार आयोग प्रदेश नं. १, प्रमुख, नपाल पत्रकार महासंघ प्रदेश नं १ अध्यक्ष लिलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासंघ मोरंग शाखाका अध्यक्ष संजीव खनाल लगायको पत्रकारहरुको उपस्थितिमा प्रदेश नं. १ मा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाहरुको विवरण सार्वजनिक गरेका थिए ।
प्रदेश १ का १४ जिल्लामा ०७७ पुस १७ गते देखि ०७८ असार १५ गतेसम्मको अवधिमा इन्सेक अभिलेखका आधारमा ६ महिनाको अवधिमा इन्सेक मोरङले शिक्षक राजेन्द्रकुमार श्रेष्ठका हत्या आरोपित डीवि सिलवाल गिरफ्तारी, शिक्षक श्रेष्ठको हत्या मुद्दामा ३५ जनाविरूद्ध जिल्ला अदालतमा ०७७ फागुन ३ गते मुद्दा दर्ता गरेको विषयमा अभिलेख गरेको बताए ।
सो अवधिमा इन्सेकले मोरङमा बाल अधिकार अन्तरगर्त बलात्कार घटनामा ५ जना, वेचबिखन घटनामा १ जना, हत्या घटनामा १ जना, महिला अधिकार अन्तरगत बलात्कार घटनामा १२ जना, वेचबिखन घटनामा २ जना, परिवारजनबाट हत्या घटनामा ५ जना र घरेलु हिंसामा १५ जना, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार अन्तरगर्त ६ महिनाको अवधिमा जिल्लामा रोजगारीबाट निकालिएका ८४ जना र भौतिक संरचना क्षतिका दुई ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।
त्यसैगरी इन्सेक अभिलेखका आधारमा दुईजना पत्रकारले ज्यानको सुरक्षा माग गर्दै प्रशासनमा उजुरी परेको उल्लेख गरेको छ । जसअनुसार सुनसरीका २८ वर्षीय पत्रकार दीपेद्र कुमार यादव र २४ वर्षीय पत्रकार विवेक मेहताले समाचार लेखेको विषयमा धम्की आएपछि सुरक्षाको गरेका थिए ।
सो अवसरका उपस्थित संचारकर्मीहरुले इन्सेकले परानै ढरा अनुसार चल्दै आएकोमा त्यसलाई परिवर्तन गुर्न पर्ने भन्दै पुस्तक प्रकाशन गरेर मात्र हुँदैन, घटनाहरु सार्वजनिक गरेर मात्र हुँदैन, समय अनुसार परिवर्तन जसरी मानव अधिकारका घटनाहरु वृद्धि भई रहेको छ । सोही अनुसार घटनालाई न्यूनिकरण गर्नमा समेत भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखकरण गरिएका घटनामाथिको अद्र्घवार्षिक समीक्षाका लागि तयार पारिएको प्रतिवेदन (पूर्णपाठ)
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सन् १९८८ देखि मानव अधिकार तथा सामाजिक न्यायका लागि कार्यरत छ । इन्सेकले प्रदेश १ का १४ ओटा जिल्लामा जिल्ला प्रतिनिधिमार्फत मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखीकरण गर्दै आएको छ । आज हामी सन् २०२१ को ६ महिनाको अवधिमा मोरङ प्रतिनिधिले अभिलेखीकरण गरेका घटनाहरूको अद्र्घ वार्षिक समीक्षाका लागि यो प्रतिवेदन तयार पारिएको छ ।
६ महिनाको अवधिमा मोरङमा एक जना शिक्षक, एक जना स्वास्थ्यकर्मी र एक जना प्रहरीको स्वतन्त्रापूर्वक वाँच्न पाउने नागरिक अधिकार हनन भएको विषयलाई इन्सेकले अभिलेख गरेको छ । उर्लावारीका राधिका माविका ४९ वर्षीय प्रधानाध्यापक कुमार पोखरेललाई ०७७ पुस २७ गते विद्यालय परिसरमा उर्लाबारी नगरपालिका–१ का २० वर्षीय निश्चल गुरुङ, सुनसरी, इटहरी उपमहानगरपालिका– १ का २० वर्षीय मोहित राई र उर्लाबारी नगरपालिका–५ का १९ वर्षीय रविन राईले सांघातिक आक्रमण गरे, कोशी अस्पतालका स्वास्थ्यकर्मी ४० वर्षीय अशोक राजवंशीलाई ड्युटीमा खटिएका ४१ वर्षीय प्रहरी उमेश विकले ०७८ जेठ १८ गते कुटपिट गरे, यद्यपि आरोपितले इन्सेक प्रतिनिधिको भेटमा आफूचाँहि स्वास्थ्यकर्मीबाट पीडित भएको बताए, ड्युटीमा खटिएका ३१ वर्षीय प्रहरी राजकुमार माझीमाथि ०७७ माघ २४ गते पेट्रोल तस्करीमा संलग्न भएका स्थानीयले हातपात गरे । मानव अधिकार रक्षकका रूपमा परिभाषित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको भन्दै सरकारविरूद्ध आन्दोलन गर्नुपर्यो ।
प्रदेशको राजधानीमा रहेका सरकार तथा निजी स्वास्थ्य संस्थाले कोभिड भएको भन्दै समयमा भर्ना नलिँदा उदयपुरकी ३५ वर्षीया महिलाले ०७८ वैशाख ६ गते मृत्युवरण गर्नुपर्यो , जसका कारण नागरिकको स्वास्थ्य अधिकार कुण्ठित हुन पुगेको छ । यो अवधिमा कटहरी गाउँपालिका–३ का ५० वर्षीय सञ्जयकुमार करवाले आफूमाथि जेठ ३० गते भएको सांघातिक आक्रमणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिँदा प्रहरीले नलिएपछि न्यायका लागि पहल गरीदिन असार ६ गते पत्रकार सम्मेलन गर्नुपर्यो, कानेपोखरी गाउँपालिका–३ की १६ वर्षीया बालिका पुतली खड्काको वैशाख २२ गते शव फेला पर्यो । सो घटनाका आरोपित कानेपोखरी गाउँपालिका–३ का ४५ वर्षीय प्रकाश खड्का, ४० वर्षीय प्रकाश खवास र ३५ वर्षीया सञ्जु खवासविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय पथरीमा असार १ गते किटानी जाहेरी दिएपनि भिसेरा रिपोर्ट नआएकाले आरोपितलाई प्रहरीले गिरफ्तार गर्न नसकेको प्रहरीले जनायो । पीडित पक्षले भने न्याय नपाउने अवस्था आएको भन्दै शङ्का व्यक्त गरेका छन् । कानेपोखरी गाउँपालिका–५ चिसाङबस्तीकी २५ वर्षीया शोभा दर्जीलाई ३ महिनाको गर्भ रहेको अवस्थामा जेठ ३१ गते सीमकार्ड चोरीको आरोपमा कुटपिट भयो । पीडित पक्षले घटनाका आरोपितविरूद्ध असार ४ गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी उजुरी दिएपनि घटना पुष्टि नभएकाले कानेपोखरी गाउँपालिका–५ की ३६ वर्षीया विन्दा मगर र ३४ वर्षीया पुष्पा मगरविरूद्ध कारबाही अघि बढाउन नसकेको प्रहरीले जनायो ।कोरोना भाइरस संक्रमणका कारण जोखिममा परेका नागरिकलाई खाद्यान्नको व्यवस्था गर्न उच्च अदालत विराटनगरले असार ९ गते सरकारका नाममा आदेश जारी गर्नु पर्यो । कोरोनाका कारण जीवन नै जोखिममा परेका नागरिकको पहिचान गरेर आवश्यक खाद्यान्नको तत्काल व्यवस्था गर्न प्रदेश १ सरकार र संघीय सरकारका नाममा आदेश जारी भयो ।
उच्च अदालत विराटनगरले कानुन व्यवसायीहरू पनि ‘फ्रन्टलाइनर’ भएको व्याख्या गरी उनीहरुका लागि कोभिड–१९ विरूद्धको खोपको पुरा डोज लगाउने व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारका नाममा असार १६ गते अन्तरिम आदेश जारी गर्नु पर्यो । मोरङ जिल्ला बार एसोसिएसनको तर्फबाट अधिवक्ता विकास थापाले असार १४ गते दायर गर्नु भएको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत विराटनगरले प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय मोरङका नाममा परामादेश जारी गर्न परेको अवस्था मोरङमा रह्यो ।
सन् २०२१ को ६ महिनाको अवधिमा इन्सेक मोरङले शिक्षक राजेन्द्रकुमार श्रेष्ठका हत्या आरोपित डीवि सिलवाल गिरफ्तारी, शिक्षक श्रेष्ठको हत्या मुद्दामा ३५ जनाविरूद्ध जिल्ला अदालतमा ०७७ फागुन ३ गते मुद्दा दर्ता गरेको विषयमा अभिलेख गर्यो । यस अवधिमा इन्सेकले मोरङमा बाल अधिकार अन्तरगर्त बलात्कार घटनामा पाँच जना, वेचबिखन घटनामा एक जना हत्या घटनामा एक जना बालिका पीडित भएको अभिलेख गर्यो । महिला अधिकार अन्तरगत बलात्कार घटनामा १२ जना, वेचबिखन घटनामा दुई जना, परिवारजनबाट हत्या घटनामा पाँच जना र घरेलु हिंसामा १५ जना महिला पीडित भएको इन्सेकले अभिलेख गर्यो । आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार अन्तरगर्त ६ महिनाको अवधिमा जिल्लामा रोजगारीबाट निकालिएका ८४ जना र भौतिक संरचना क्षतिका दुई ओटा घटना इन्सेकले अभिलेख गरेको छ । इन्सेक मोरङ प्रतिनिधि । ०७८ असार २२ गते धन्यवाद
मानवअधिकार रक्षक र पत्रकारबिच मिडिया साझेदारी बैठकमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सन् १९८८ देखि मानवअधिकार तथा सामाजिक न्यायका लागि कार्यरत छ । सात प्रदेश कार्यालय तथा ७७ ओटै जिल्लाका प्रतिनिधिहरू मार्फत् इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेखी करण गर्दै आएको छ ।
इन्सेकप्रदेश १ कार्यालयले प्रदेश १ का १४ ओटै जिल्लामा जिल्ला प्रतिनिधिले अभिलेखी करण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना मध्ये आज हामी मानव अधिकार रक्षकसँग जोडिएका विषयमा छलफल गर्न गई राखेका छौँ ।
विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण मानव अधिकारसँग जोडिएका विविध सवालमा प्रत्यक्ष प्रभाव प¥यो । नेपाल सरकारले ०७८ वैशाख ८ गतेदेखि कोभिड–१९ को दोस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि जारी गरेको निषेध आदेशका कारण धेरै समस्याहरू सिर्जना हुनपुगे । आज पनि हामी निषेध आदेशमा गुज्रिरहेका छौँ । प्रदेश १ मा स्वास्थ्य अधिकार सँग जोडिएका विविध विषयहरूमा सवाल जवाफ भएको हामी सबै जानकार नै छौँ । सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरूले जोखिम भत्ता नपाएको अवस्था प्रदेश १ मा रहेको विषयमा मानव अधिकार रक्षक बिच छलफल आवश्यक देखिन्छ । निजी संघ संस्था तथा निजी विद्यालयमा कार्यरत शिक्षकहरूले पारिश्रमिक दिलाई दिन मागगर्दै ०७७ असार १९ गते सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको विषयले रोजगारी तथा आर्थिक अधिकार खुम्चिएको अवस्था प्रदेश १ मा रह्यो । सरकारले ०७५ फागुन २८ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि प्रदेश १ का पहाडी जिल्लामा सो पार्टीका गतिविधिहरू बढे, भने सरकारले ०७७ फागुन २० गते सो पार्टीमाथिको प्रति वन्ध फुकुवा गरेपछि राजनीतिक अधिकारका सवालमा प्रदेश १ सकारात्मक अवस्थामा रहेको छ ।
प्रदेश १ का १४ जिल्लामा ०७७ पुस १७ गते देखि ०७८ असार १५ गतेसम्मको अवधिमा इन्सेक अभिलेखका आधारमा दुईजना पत्रकारले ज्यानको सुरक्षा माग गर्दै प्रशासनमा उजुरी दिनुप¥यो । सुनसरीका २८ वर्षीय पत्रकार दीपेद्र कुमार यादव र २४ वर्षीय पत्रकार विवेक मेहताले समाचार लेखेको विषयमा धम्की आएपछि सुरक्षाको माग गर्नु प¥यो, ताप्लेजुङका ५० वर्षीय शिक्षक खड्ग बहादुर लिम्बूको ०७८ वैशाख ९ गते गोली हानी हत्या गरियो, सुनसरीका ३८ वर्षीय प्रधानाध्यापक रञ्जन मण्डललाई असार १४ गते जनप्रतिनिधिले हातपात गरे, मोरङका ४९ वर्षीय शिक्षक कुमार पोखरेललाई ०७७ पुस २७गते विद्यालय परिसरमा कुटपिट भयो, मोरङमा स्वास्थ्यकर्मी ४० वर्षीय अशोक कुमार राजवंशीमाथि प्रहरीले असार १८ गते कुटपिट गरे । ड्युटीमा खटिएका ३१ वर्षीय प्रहरी राजकुमार माझीमाथि ०७७ माघ २४ गते कुटपिट भयो । मानव अधिकार रक्षक सम्बन्धी घोषणा पत्र १९९८ ले मानव अधिकार कर्मीको रुपमा परिभाषित गरेका पत्रकार, शिक्षक, वकिल, स्वास्थ्यकर्मी र सामाजिक अभियान्ता लगायतको अवस्था प्रदेश १ को रहेको के कस्तो रह्यो भन्ने वास्तविकता प्रस्तुत हुन पुगेको छ । इन्सेकप्रदेश १ कार्यालय, विराटनगर ०७८ असार २२ गते
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]