विराटनगर, असाेज ३० गते । माेरंगकाे रंगेली नगरपालिकामा रहेकाे पब्लिक माध्यमिक विद्यालयले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।
सामाजीक परीक्षण कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाका शिक्षा अधिकृत लीला देवी ओझाले शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्न विद्यालयकाे समाजिक परिक्षण आवश्यक रहेकाे वताए ।
त्यसैगरी विद्यालयका प्राध्यापक अरविन्द साहका अनुसार
विद्यालयकाे सामाजिक परीक्षणले विद्यालय र समुदायबीच सम्बन्ध मजबुत बनाउन, विद्यालयको स्थिति र आवश्यकताहरू पत्ता लगाउ, विद्यार्थी, शिक्षक, अभिभावक र समुदायका विचार बुझेर विद्यालयका कमजोरी र सुधारका क्षेत्र पहिचान गर्न, शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न, विद्यार्थीमा सामाजिक उत्तरदायित्व र नैतिकता विकास गर्न, विद्यार्थीलाई समाजप्रति जिम्मेवार, सहयोगी र अनुशासित बनाउन मद्दत पुग्छ ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयकाे शैक्षिक र भाैतिक विकासकाे बारेमा आ-आफ्नो विचार राखेका थिए ।
उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गयानन्द साहकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]