विराटनगर, असोज ३१ गते । नेपाल प्रहरी संगठनको विधिवतरुपमा स्थापना भएको ७० औ वर्ष पुगेको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३१ गते “नागरीक प्रहरी सहकार्य सुरक्षाको लागी अपरीहार्य” भन्ने नाराका साथ “७० औ प्रहरी दिवस भव्यताका साथ सम्पन्न गरेकाेछ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले अमर प्रहरी स्मारकमा बटुकहरुको स्वस्ति बाचनका साथ पुष्पहार अर्पण गरेकाे थियाे ।
त्यसै गरी बीर अमर प्रहरीको सम्मानमा शोक सलामी तथा मौन धारण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरु,अमर प्रहरी परिवारहरु लगायत सम्पूर्णले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गर्दै भने उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा स्वागत गरेका थिए । नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय सदस्य अञ्जली तण्डुकार तथा नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेशका पदाधिकारीद्वारा अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की, प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकहरुले विभिन्न विधामा अति उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरेका थिए ।
त्यसैगरी एसइइ तथा उच्च शिक्षाको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई छात्रबृत्ति प्रदान गरेकाे भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले प्रहरीलाई निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नु गर्दै कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीलाई उत्कृष्ठ कार्यको कदर गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत गरेका थिए ।
पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि कार्कीले वीर अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवार प्रति हार्दिक समवेदना तथा घाइते प्रहरी कर्मचारीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल प्रहरीले स्थापना कालदेखि अनेकौ आरोह अवरोहहरू पार गर्दै राष्ट्र, नेपाली जनताको सुख दुःखमा सदैव अग्रपङ्तिमा रही ईमान्दारी पुर्वक उत्कृष्ट सेवा प्रदान गर्दै आई रहेको वताए । वहाँले विभिन्न विधामा पुरस्कार स्थापना गरी प्रहरीको मनोवल उच्च बनाउन प्रेरणा प्रदान गर्नु हुने कोषका संस्थापक विशिष्ट महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्नुका साथै पुरस्कृत प्रहरी कर्मचारीहरू तथा छात्रबृद्धि प्राप्त गर्ने जेहेन्दार विद्यार्थी भाई बहिनीहरूलाई बधाई दिनु भएको थियो भने प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नु हुने ठुलो मन भएका सवैमा हार्दिक धन्यवाद व्यक्त गरेकाे थियो ।
कार्यक्रमको अन्तमा ७० औ प्रहरी दिवस २०८२ मुल समारोह समितिका अध्यक्ष एवं कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले अमर प्रहरी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रहरी संगठनप्रति गहिरो माया, सम्मान र प्रतिबद्धता दर्शाउँदै कार्यक्रमका प्रमुख अतिथि, उपस्थित प्रहरी परिवार तथा सन्ततिहरू, अमर प्रहरी परिवारका सदस्यहरू, वहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरू लगायत सम्पुर्ण माहनुभावहरुमा धन्यवाद ज्ञापन गरेकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]