विराटनगर, आषाढ २७ गते । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले दशौस्थापना दिवसको अवसरमा एक कार्यक्रमका आयोजना गरी ६ पत्रकारहरुलाई पुरस्कार सहित सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की सम्वाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई सम्मान गरेको हो ।
न्यौपाने र श्रेष्ठलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । उक्त पुरस्कारको राशि ५० हजारको छ । २०७७ सालको ओमप्रकाश आर्थिक पत्रकारिता पुरस्कारबाट न्यौपानेलाई र २०७८ को श्रेष्ठलाई प्रदान प्रदान गरिएको हो ।
त्यसैगरी २०७७ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सदरुललाई र २०७८ सालको पत्रकार आचार्यलाई प्रदान गरेको छ जसको पुरस्कार राशी २१÷२१ हजार रहेको छ ।
मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियाली पुरस्कृत गरेको छ । पुरस्कारको राशि नगद १० हजार रहेको छ ।
मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७८ असार २१ गते सोमबार बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको हो ।
तीनै वटा पुरस्कार संस्थाको दशौं स्थापना दिवसको अवसरमा २०७८ असार २७ आईतवार प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख प्यासीले पत्रकारहरु आवाज विहीनहरु को आवाज भएकोले पत्रकारीता पेशालाई अझ मर्यादित बनाउदै लान आग्रह गर्दै आलोचना र पिडामा परेको सारथी पत्रकार भएको वहांको भनाई थियो । पत्रकारीता पेशालाई अझ सिर्जनशील बनाउँदै लानु पर्ने वताए ।
मोरंगलाई कार्यक्षेक्र बनाएर काम गरेका पत्रकारहरुको अथक प्रयासपछि विक्रम सम्वत २०७९ सालमा सञ्चारकर्मी सञ्चार सहकारी संस्था दर्ता गराएका थिए । संस्थामा १ सय ५ जना सदस्य रहेको सहकारी दशौ वर्ष मनाई रहदा कारोवार रकम ५० लाख पु¥याएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]