बिराटनगर, श्रावण २० गते । लायन्स क्लव अफ विराटनगर एकटिभले ५१ र्औ स्थापना दिवसको अवसरमा सप्ताह व्यापी सहयोग वितरण कार्यक्रम अन्तरगत पहिलो दिन वन कार्यालय छेउमा रहेको मानव सेवा आश्रमलाई खाद्य्यान हस्तान्तरण गरिएको छ ।
बिराटनगर महानगर पालिका वडा नं. ३ मा रहेको मानव सेवा आश्रममा एक कार्यक्रमका आयोजना गरी भूजा, चूरा, दाल, खाने तेल लगायतको सामग्री हस्तान्तरण गरेका छन् ।
पहिलो दिनको कार्यक्रम क्लवकी पूर्व अध्यक्ष दुर्गा चापागाईले आफ्नो छोरा डा.प्रदिप चापागाईको जन्म दिनको अवसरमा खाद्यान्न सामग्री भुजा ४ बोरा, चिउरा २ बोरा, दाल १ बोरा र खानेतेल १ कार्टुन हस्तान्तरण गरी आश्रममा रहेका अशक्त, वृद्ध, वृद्धाहरुलाई भोजन समेत गराएका थिए ।
लायन्स क्लब अफ विराटनगर एकटिभको सहयोगमा मानव सेवा गर्ने उदे्श्यले आश्रममा रहेका जिवित बुबा आमाहरुका लागि केही सहयोग होस भन्ने उदेश्यले लायन्स क्लब अफ विराटनगर एकटिभ मार्फत छोराको जन्म उत्सव मनाएको चापागाईले वताए ।
जिवित आमा बुबाका लागि मानवीय सेवामा क्लवले खेलेको भुमिका निकै नै सराहनीय रहेको प्रमुख अतिथी डिस्ट्रिक गभर्नर तथा क्लवका पूर्व अध्यक्ष लायन रेवत बहादुर कार्कीले वताउनु भएको थियो ।
मानव सेवासंगै सप्ताहाव्यापी कार्यक्रमलाई सभ्य र भव्य बनाउन क्वलका सदस्यहरुलाई सुझाव दिदै कार्कीले आपत कालिन समयमा क्लवले मानवसेवाको क्षेत्रमा उत्कृष्ट कामगरेकोमा क्लवका साथीहरुको प्रसंशा गरेका थिए ।
उक्त अवसरमा पूर्व डिस्ट्रिक गर्भनर ३२५ ए वान तथा कोभिड–१९ मल्टीपल चेयर पर्सन लिला ढुंगेल, डिस्ट्रीक फस्ट लेडी लायन दिलमाया कार्की, प्रोटोकल मल्टीपल चेयर पर्सन लायन फुल कुमार लालवानी लगायतको उपस्थिति रहेको थियो ।
साहयोग कार्यक्रम श्रावण २६ गते सम्म एमजेएफ कन्ट्रिव्यूसन, सेनिटाईजर र माक्स वितरण, खाद्य्यान वितरण, पीपीई सेट वितरण जस्ता कार्यक्रम रहेको छ ।
मानव सेवा आश्रममा भएको खाद्य्यान वितरण तथा भोजन खुवाउने कार्यक्रम लायन्स क्लव अफ विराटनगरका अध्यक्ष लायन संन्तोष वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]