सुनसरी, श्रावण २६ गते । एक कारमा सवार जिल्ला सम्परी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ को २० वर्षिय अमोद कुमार यादवको साथवाट ब्राउन सुगर बरामद भएपछि कारमा सवार ड्राईभर सहित अन्य ४ जना समेतलाई प्रहरीले पक्राउ गरेका छन् ।
सुनसरीको ईनरुवा नगरपालिका वडा नं. ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् ।
बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट सोमवार बेलुकी खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको थियो ।
ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानको लागी कार सहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]