बिराटनगर, भदौ १६ गते । शहिद रंगशाला विराटनगरमा भएको बिराट गोल्डकप फुटबल प्रतियोगित २०७७ को आय–व्याय चार महिना पछि सार्वजनिक गरेको छ ।
रात्रीकालीन बिराट गोल्डकप प्रतियोगिता २०७७ साल चैत २६ गते शुरु भई २०७८ साल बैशाल ४ गते सम्पन्न भएको थियो ।
पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको आय–व्ययमाका अनुसार कुल आन्दानी १ करोड ४७ लाख ५ सय ९४ रुपियां भएको र खर्च १ करोड ३९ लाख ७२ हजार २ सय ३१ पैसा खर्च भएको विवरण सार्वजनिक गरेको छ । जसमा ८ लाख २ हजार ३ सय ६२ पैसा आन्दानी भएको जानकारी बिराट गोल्ड कपका अध्यक्ष मनोज विक्रम शाहले वताए ।
आन्दानीमा बिराटनग महानगरपालिकावाट १२ लाख, सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ बाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदवाट ४ लाख, मुख्य प्रयोजकबाट २० लाख, प्रायोजकबाट १० लाख, सहप्रायोजकहरुवाट १७ लाख २५ हजार, व्यानर प्रायोजकवाट ८ लाख, फुड पार्टनरबाट २ लाख ५० हजार, अन्यबाट ५० हजार प्राप्त भएको थियो । त्यसैगरी टिकट विक्रीबाट ५९ लाख ७६ हजार १ सय समेत आन्दानी भएको वताए ।
रात्रीकालीन विराट गोल्ड कपी प्रतियोगिताको विजेता टिम सशस्त्र प्रहरी बल काठमाण्डौलाई १५ लाख १५ हजार र उपविजेता टिम पन्जाब पुलिस, जलन्धर भारतलाई ७ लाख ५१ हजार सहित ट्रफि प्रदान गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]