राजेश कुमार शर्मा
बिराटनगर, असोज ४ गते । भारत र नेपालको दलित, पिछडिएका समुदाय वर्गहरुलाई एउटै मञ्चमा ल्याउन समिति गठन भएको छ ।
जेपी सभा भवनमा असोज ३ गते आईतवारका दिन भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश कुमार शर्माको अध्यक्षतामा भएको वृहत भेलाले भारत नेपाल मैत्री वञ्चित समाज मञ्चको गठन गरेको हो ।
सो बैठकले सर्वसम्मत रुपमा भारत नेपाल मैत्री वञ्चित समाज मञ्चको अध्यक्षमा सुरज कुमार सोनुलाई चयन गरिएको थियो । त्यसैगरी उपाध्यक्षमा नगेन्द्र साहनी, महासचिवमा मनीष कुमार, सचिवमा रमण कृति, कोषाध्यक्षमा अशोक राम रहेको छ ।
त्यसैगरी रणवीर पासवानलाई भारत नेपाल मैत्री वञ्चित समाज मञ्चको मन्त्रीको जिम्मेवारीसर्वसम्मत रुपमा दिएको छ । सदस्यहरुमा अमन पासवान, कुंदन पासवान, अरुण यादव, गुलेन्द्र राम, चयन गरिएको छ । मिडिया इन्चार्जमा सुभाष पासवानलाई चयन गरिएको छ ।
भारत नेपाल मैत्री वञ्चित समाज मञ्चको संरक्षक सहसंयोजक विद्यानन्द पासवानले भने भारत होस् वा नेपाल, हामी बीच एक आपसी समानता छ, जसलाई इन्कार गर्न सकिदैन, तर अहिले सम्म हामी मित्र देशमा रहेको हाम्रो दुबै देशहरुका वंचित समाजले एक मैत्री ब्यानर अन्तर्गत आफ्नो बिचारलाई साझा गर्नको लागि सक्षम हुनेछन्, जसले भविष्य मा एक नयाँ इतिहास को लागी दूरगामी परिणाम संगै नयाँ इतिहास सिर्जना गर्ने वहांको भनाई थियो ।
त्यसैगरी पासवानले भने कि यस संगठनको उद्देश्य समाजमा जनचेतना फैलाएर दुबै देशका दलित, पिछडिएका वर्गहरुलाई एक मञ्चमा ल्याएर आपसी समन्वय र सहयोगको वातावरण वनाउनु हो ।
सोही कार्यक्रममा आफ्नो विचार राख्दै युवा पत्रकार मनीष कुमारले भने यो २१ औं शताब्दीमा पनि समाजको एक वर्ग अझै पछाडि छ, समाज को युवाहरु लाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सबैतिर भाग लिनको लागी प्रोत्साहित गरिनु पर्छ । एकतासंगै मंच मा उपस्थित भएर हाम्रो सहभागिता लिनु पर्छ, तब मात्र हाम्रो समाज प्रगति को एक नयाँ आयाम स्थापित गर्ने वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]